Headlines News :
fb
Home » , » अमेरिकी पत्रकारलाई रेटेर मारियो (भिडियो सहित)

अमेरिकी पत्रकारलाई रेटेर मारियो (भिडियो सहित)

इराक र सिरियामा युद्धरत इस्लामिक स्टेट आइएसआइएसका लडाकुहरुले अमेरिकी पत्रकार जेम्स फोलीको हत्या गरि भिडियो सार्वजनिक गरेका छन् । इराकमा अमेरिकाले गरेको आक्रमणको बदलास्वरुप अमेरिकी पत्रकार मारिएको लडाकुहरुले बताएका छन् ।
लडाकुहरुले आफ्नो नियन्त्रणमा रहेका अर्का एक पत्रकारको जीवन के हुने भन्ने विषय पनि अमेरिकी ब्यवहारमा भर पर्ने चेतावनी दिएका   छन् ।


'अ मसेज टू अमेरिका' अर्थात अमेरिकालाई सन्देश नाम दिइएको उक्त भिडियोमा अमेरिकाविरुद्ध भयानक प्रतिशोकधको चेतावनी समेत दिइएको छ ।
स्लामिक स्टेटका लडाकुलाई अघि बढ्न नदिन अमेरिकाले हवाइ आक्रमण गरेपछि लडाकुहरुले अमेरिकी पत्रकार मारिदिएका हुन् ।

सामाजिक सञ्जालमा भाइरल बनेको यो भिडियोले अमेरिकाको इराक युद्धका विषयमा अर्को बहस जन्माएको छ ।

 

४० वर्षीय पत्रका फोली सन् २०१२ को नोभेम्बर २२ मा उत्तरी सिरियामा अपहरणमा परेका थिए । मध्यपूर्वबाट ५ वर्ष सम्म रिपोर्टिङ गरेका फोली लिबियामा पनि अहपरणमा परेर मुक्त भएका थिए ।

भिडियोमा सिरियामा रिपोर्टिङ गर्दा गर्दै वेपत्ता भएका अर्का अमेरिकी पत्रकार स्टेभेन सोट्लोफ पनि देखिएका छन् । उनले टाइम लगायतका म्यागजिनमा लेख्दै आएका थिए ।
भिडियो हेर्नुस्ः
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar