Headlines News :
fb
Home » , » बर्दियामा बाढीको बितण्डा, बाढीले सैनिक पोष्ट नै बगायो

बर्दियामा बाढीको बितण्डा, बाढीले सैनिक पोष्ट नै बगायो

बर्दिया, साउन ३० - बबई नदीमा निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको पोष्ट बाढीले बगाएर लगेको छ ।
बाढीमा परेका २ जना सेना सम्पर्कमा नरहेको सेनाले जनाएको छ । पोष्टमा खटिएका सैनिक जवानले आफूले लगाएको लुगा र हतियार मात्र जोगाउन सकेको सेनाले जनाएको छ ।
बर्दियाको बबई नदी, ओराही नदी र कर्णाली नदीमा आएको बाढीका कारण बर्दियाका विभिन्न ठाउँमा गरेर एक सय जना भन्दा बढी मानिस सम्पर्क बिहीन छन् । बाढीमा केही मानिस बगेको आफूहरुले देखेको स्थानीयबासिन्दाले बताएका छन् । बर्दियाको सदमुकाम गुलरियासहित दर्जनौं गाविस जलमग्न भएका छन् ।
बबई नदीमा आएको बाढीका कारण बर्दियाको सदरमुकाम गुलरिया नगरपालिकाका ५ वटा वडासहित बगनाहा, पदनाहा, नेउलापुर, बनियाभार, मगरागडी, धधवार गाविस डुबानमा परेका छन् । कोहलपुर सुर्खेत सडकमा पर्ने पूर्व बबई नजिक बेलवा गाविसको चेपाँग पनि डुबानमा छ । यस्तै कर्णाली नदीमा आएको बाढीका कारण ठाकुरद्वारा, शिवपुर, सुर्यपटुवा, ढोढरी गाविस डुबानमा परेका छन् । राजापुर क्षेत्रका राजापुर नगरपालीका सहित भिम्मापुर, पाताभार, दौलतपुर गाविस पनि डुवानमा परेका छन् ।
बगनाहा, पदनाहा, बनियाभार, नेउलापुरलगायतका गाविसका मानिसहरु घरको छत र विद्यालयमा आस्रय लिएर बसीरहेका छन भने सयौँ जना रुखमा घरको छतमा अड्किएका छन् । सेना, प्रहरी, र स्थानीयले उद्धार गर्ने प्रयास गरेपनि उद्धारमा कठिनाई भएपछि बेलुका सेनाको हेलिकप्टरले उद्धार गरिरहेको प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले बताउनुभयो । बगनाहा २ बर्गदाका दुलारु थारुसहित ७ जनाले बाढीमा परेर घर डुबेको र परिवार नै रुखमा बसिरहेको भन्दै विहान ११ बजेसम्म फोन गरिरहेपनि अहिले उहाँसँग सम्पर्क हुन सकेको छैन ।
यस्तै पदनाहा गाविस ८, ९, २ हरिप्रसाद सिलवालका अनुसार उहाँहरु विद्यालयको छतमा बसिरहनु भएको छ ।  उद्धार गरीदिन सिलवालले संचारकर्मीसँग आग्रह गर्नुभएको छ  ।
अविरल बर्षातका कारण बबई नदीमा बिहीबार दिउँसोदेखि पानीको बहाव बढेपछि आएको बाढीले सयौं घर डुवानमा पर्नुका साथै नेपालगञ्ज गुलरिया सडक अवरुद्ध हुन पुगेको हो । बबई नदीमा आएको बाढीका कारण नदी आसपासका कति घर डुवानमा परे भन्ने तथ्यांक आई नसकेको जिल्ला प्रहरी कार्यालयले जनाए पनि करिब हजार भन्दा बढी घर डुवानमा परेको हुनसक्ने अनुमान गरिएको छ । डुवानमा परेका घर परिवारलाई सुरक्षित स्थानमा सारिने काम भईरहेको छ । दुबै नदीमा तीन दशक यताकै ठूलो बाढी आएपछि हजारौं घर डुवानमा पर्नुका साथै सयौं घर बगाएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । नदीमा बाढी आएपछि बाढी पीडितहरु घरको छत–छतमा उद्धारको पर्खाइमा रहेका छन् । पानी पर्ने क्रम नरोकिएकाले सुरक्षित स्थानतर्फ जान र आफ्नो जिउधनको सुरक्षा गर्न स्थानीय प्रशासनले आग्रह समेत गरेको छ ।



Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar