काठमाडौं, २१ साउन । प्रहरीसँगको भिडन्तमा मारिएका गुडा नाइके दिनेश अधिकारी चरीको हत्या सात महिनाअघि देखि भएको उनकी प्रेमिकाले बताएकी छन् ।
चरीकी प्रेमिका पूजा गुरुङले सात महिनाअघिदेखि नै आफूलाई मार्न धम्की आइरहेको चरीले बताउने गरेको बताएकी हुन् । चरीको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल पुर्याउने जानकारी पाएपछि अस्पताल पुगेकी पूजाले यस्तो बताएकी हुन् ।
उनका अनुसार, चरीको हत्या भएको हो । अर्पण कोइराला र प्रहरी निरीक्षक कुमुख ढुंगेलले आफूलाई मार्न खोजेको चरीले बताउने गरेको पूजाले बताएकी छन् । अर्पणले आफूलाई मन पराएर पिछा गर्ने गरेको र आफूले मतलब नराखेपछि चरी तार्गेट भएको पनि उनको आरोप छ । प्रहरी निरीक्षक कुमुदले पटकपटक चरीलाई मार्छु भनेर आफूलाई समेत व्ल्याकमेलिङ गर्ने गरेको समेत उनको आरोप छ । १५ दिनअघि मात्र काठमाडौं आएका चरीलाई प्रहरीले खोजिगरिरहेको थाहा पाएपछि हुलिया नै बदलेर हिडेका थिए । आज बिहान पूजा र चरीबीच कुराकानी भएको थियो । हिजो भेट भएको थियो ।
प्रहरीले शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल पुर्याएको छ । पोष्टमार्टमपछि चरीका आफन्तलाई बुझाउने तयारी गरेको छ ।