Headlines News :
fb
Home » » दाइजो लिए/दिए विवाह नै बदर

दाइजो लिए/दिए विवाह नै बदर

काठमाडौं,साउन२१–दाइजो वा तिलक लिने वा दिने गरी भएको विवाह अब बदर हुने भएको छ।सरकारले ल्याएको सामाजिक व्यवहार सुधार विधेयकमा दाइजो लिएको वा दिएको विवाह नै बदर हुने कडा व्यवस्था गरेको हो। यसैगरी विधेयकमा विवाहमा नेपाल सरकारको सेवामा बहाल रहेको राष्ट्रसेवकलाई बाजावालको रुपमा भाग लिन नपाउने व्यवस्था गरिएको छ । दाइजो नदिएको, कम दिएको वा दिन कबुल नगरेका कारण दुलाहा पक्षले विवाह भएपछि आफ्नो साथमा लैजान इन्कार गर्न पाइने छैन्। यसको नियम उल्लघंन गर्नेलाई १ लाख रुपैयाँ जरिवाना वा ३ महिना कैद सजायको व्यवस्था समेत विधेयकमा गरिएको छ। दुलाहा र दुलहीको पक्षबाट विवाहमा लागेका वा लाग्ने खर्च वा पढाई,व्यापार,व्यवसाय वा व्यक्तित्व विकासमा लागेको वा लाग्ने खर्च दुलाहा वादुलही पक्षले अर्को पक्षसँग माग्ने वा लिन नपाउने ब्यवस्था पनि गरिएको छ । विवाह भड्किलो रुपमा गरेमा २५ हजार रुपैयाँ जरिवाना गर्ने व्यवस्था गरिएको छ ।आजको राजनधानी दैनिकमा खबर छ । 
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar