काठमाडौं, साउन २१ - काठमाडौंको गोलढुंगामा प्रहरीसँगको भिडन्तमा डन भनेर चिनिएका दिनेश अधिकारी चरीको मृत्यु भएको छ ।
काठमाडौंका प्रमुख एसएसपी पुष्कर कार्कीले गोलढुंगामा चरीसँग हुलिया मिल्ने मानिस मारिएको पुष्टि गर्नुभयो ।
चरी निकट नाम बताउन नचाहने एक एमाले कार्यकर्ताले चरीमाथि गोलढुंगामा गोली प्रहार भएको बताए । तर गोली चरीकै मानिसले हानेको हो वा प्रहरीले हो भन्ने खुल्न नसकेको उनले बताए ।
चरीमाथि गैंडाको खाग तस्क
री, हत्या र गोली प्रहारलगायतका मुद्दा छन् । उनी ६ महिनादेखि फरार थिए र प्रहरीले उनलाई खोजी रहेको थियो । उनीमाथि एक वर्षअघि काठमाडौंको थानकोटमा गोली प्रहार भएको थियो । त्यतिबेला पाखुरामा गोली लागेपनि उनी बाँच्न सफल भएका थिए ।
प्रहरीबाट जोगिन उनी झण्डै दुई वर्षअघि एमालेमा प्रवेश गरेका थिए । त्यसयता उनी खुलेआम गुण्डागर्दीमा संलग्न रहँदै आए पनि एमाले नेताहरुको दबाबमा प्रहरीले पक्रन सकेको थिएन । उनी धादिङ क्षेत्र नम्बर १ को एमालेका पूर्व उपाध्यक्ष हुन् ।