Headlines News :
fb
Home » » उच्च रक्तचापको जीवनशैली उपचार

उच्च रक्तचापको जीवनशैली उपचार

उच्च रक्तचापको जीवनशैली उपचार
डॉ. हेमराज कोइराला

के हो रक्तचापः
रक्तनलीमा रगत बग्दा रगतद्वारा रक्तनलीहरूको भित्तामा दिएको दवाब (चाप) लाई रक्तचाप भनिन्छ । यो चाप मुटु खुम्चिएर रक्तनलीमा रगत पम्प गर्दा धेरै र मुटु फैलिएर विश्राम गर्दा कम हुने गर्दछ जसलाई क्रमशः सिस्टोलिक र डाएस्टोलिक रक्तचाप भन्निछ । क्रियात्मक रूपले स्वास्थ्थ व्यक्तिमा सिस्टोलक १०० – १३० एम्.एम्.एच्.जी.सम्म हुन्छ भने डाएस्टोलिक ६० – ८५ एम्.एम्.एच्.जी. सम्म रहन्छ । यदी रक्तचापले यी मानविन्दुहरू नाघेमा रक्तचापको समस्या भएको मानिन्छ । सामान्यतया सिस्टोलिक १२० र डाएस्टोलिक ८० लाई आर्दश रक्तचाप मानिन्छ ।
उच्च रक्तचाप
मुटु तथा कोरोनरी धमीनी जस्ता रोगको मुख्य कारक, मस्तिष्कघात, मिर्गौला फेलिएर र दृष्टिनाश जस्ता समस्याहरूको मूलजरोका नामले सम्बोधन गरिएको यो रोग प्रत्येक वर्ष नब्बे लाख मानिसहरूको मृत्युको कारण पनि हो । आज संसारभर तीन मध्ये एक जना मानिसमा उच्च रक्तचापको समस्या छ भने कररोडौ मानिस यही रोगको कारणले उत्पादक मूलक जीवन जीउन बन्चित छन् ।
उच्च रक्तचापका प्रकारः
उच्च रक्तचापलाई प्राथमिक÷प्राइमरी (९४% मा) र द्वितीएक÷सेकेन्डरी (६ मा %) गरेर दुई समुहमा बाडिएको छ । रोगको कारक तत्वहरूको एकिन नभएका हुँनाले प्राइमरी रक्तचापलाई कारण रहित (ईडीओपेथिक) उच्च रक्तचाप पनि भनिन्छ । रोगका खास कारणहरू नभए पनि यो रोग आनुवांशिकता, वातावरणीय अन्तरसम्बन्ध, जीवन शैली र व्यक्तिको शाररिक तथा मानसिक प्रकृतिको उपज हो । खास गरी ज्यादा तौल भएका, नुन ज्यादा खाने, श्रम तथा व्यायम नगर्ने, सूर्ती जन्य तथा अन्य नशालु पदार्थहरूको सेवन गर्ने, जाँड–रक्सी जस्ता मादक पदार्थहरुको सेवन गर्ने क्लोरेस्टेरोलका समस्या भएकाहरू, खानामा रेसा र चोक्कर नलिनेहरु, टायप ए व्यक्तित्व भएकाहरु, तनाव, चिन्ता, भय र उदासिनता भएकाहरूमा ज्यादा देखिएको छ । धेरै कम प्रतिशत (६%) मा पाइने सेकेन्डरी उच्च रक्तचापको भने निश्चित कारणहरु हुन्छन् । ६ प्रतिशत मध्ये ४ प्रतिशत मिर्गौला तथा रक्तनलीहरुको खरावीका कारणले, १ प्रतिशत अन्तश्रावी ग्रन्थी तथा हरमोनहरुको गडबढीको कारणले र बाँकी १ प्रतिशत औषधीहरुको साइड इफेक्टका कारणले हुने गर्दछ ।
लक्षणहरुः
उच्च रक्तचाप भएकाहरुलाई लगातार टाँउको दुख्ने (खास गरी पछाडीको भागमा) रिङ्गटा चल्ने, चाँडै रिस उठ्ने, छात्ती दुख्ने – पोल्ने, चक्कर लाग्ने, कानबज्ने, दृष्य धमिलिने, श्वास बढ्ने, निन्द्रा नलाग्ने, नाथ्री फुट्ने, सामान्य काम गर्दा पनि दम बढ्ने र विश्रामको अवस्थामा पनि मुटु ढुकढुक गरेको थाहा पाइने जस्ता लक्षणहरु देखिन्छ ।
जोखिमहरुः
उच्च रक्तचाप आफैमा कुनै रोग होइन तर सयौ रोगहरुको जननी हो । यसका कारणले हृदयघात, मष्तिस्कघात, मिर्गौला फेलियर, नेत्रघात (दृष्टि गुम्नु) मुटु सुन्निने, रक्तनलीहरु तन्किने, फुल्ने तथा फुट्ने र मानसिक तथा भावनात्मक अस्वस्थ्थता जस्ता समस्याहरु आउन सक्छ ।
उपचारः
सेकेन्डरी उच्च रक्तचाप नियन्त्रण गर्नको लागि यसका कारणहरु पत्ता लगाएर आवश्यक मेडिकल वा सर्जिकल विधि अपनाउनु पर्ने हुन्छ । प्राइमरी उच्च रक्तचाप भएकाहरुले जीवन शैली परिर्वतन गर्ने तथा मुटुरोग विशेषज्ञको परामर्शमा रक्तचाप नियन्त्रक औषधीहरु खानु पर्ने हुन्छ । जीवन शैली परिवर्तन नगरी औषधीमात्र लिँदा पनि रक्तचापलाई दीर्घकालिनरुपमा नियन्त्रण गर्न सकिएको छैन । तसर्थ उच्च रक्तचापका रोगीहरुले जीवन शैलीमा परिवर्तन गर्न नितान्त आवश्यक छ ।
जीवनशैली परिवर्तनः
जीवनशैली परिवर्तन भनेको भोजन, व्यायम, विश्राम, विचार र व्यवहारको स्वास्थ्यमैत्री हुनेगरी ठीक–ठीक समायोजन गर्नु हो ।
भोजन व्यावस्थापनः
उच्च रक्तचाप तथा हृदयघातवाट वच्नका लागि भोजन व्यवस्थापनको ठूलो महŒव छ । भोजनकोमात्रा भोज्यपदार्थहरुको छनौट व्यक्तिको प्रकृति, विकृति (रोग), बल, वय (उमेर), सत्व (मानसिकता) आदिको आधरमा हुन अति आवश्यक छ । कार्वोहाइडेड, प्रोटिन, भिटामिन, लिपिड र खनिज तथा लवणहरुको उचित मात्राले यूक्त क्षेत्रिय र मौसमी खाद्यन्नहरु उच्च रक्तचाप तथा मुटुरोगका लागि राम्रो मानिन्छ । चामल, गहु, मकै, आलु, पिडालु सुठूनी, चिनी, आटा आदिवाट कार्वोहाइडेड प्राप्त हुन्छ । घिउ, तेल र तेलिय खाद्यवाट लिपिड प्राप्त हुन्छ । माछामासु र गेडागुडी प्रोटिनको श्रोत हुन भने फलफूल, मौसमी तरकारी, हरिया सागसव्जी, कलेजो, अण्डा र रातो मासु भिटामिनको श्रोत हुन् ।
१. घिउ, तेल, नौनी, छाली, वटर र वोसो जस्ता जंगम श्रोतवाट पाइने चिल्लो पदार्थहरुको सेवन गर्नु हुदैन । खाना पकाउन अत्यान्त कम वनस्पती तेलहरुको उपयोग गर्नुपर्छ । शुद्धतोरी वा सूर्यमुखीको तेल अन्य भन्दा उत्तम छन् ।
२. उच्च रक्तचाप भएकाहरुले पूर्ण शाकाहारी हुन जरुरी छ । माछामासुमा पाइने वोसोले कोलेस्टेरोल वढाउन मद्दत गर्छ । माछामासु छाड्न नसक्नेले खसी, राँगा, वंगुर जस्ता ठूला जनावारका मासु छाडेर माछा वा लोकल कुखुराको मासु तेल नहाली उसिनेर १५ दिनमा एकपल्ट, थोरै मात्रामा खान सक्छन् ।
३. नदेखिने चिल्लो पदार्थका श्रोतहरु, बदाम, काजु, मुङ्फली, नरिवल जस्ता तौलिय फलहरु खानु हुदैन ।
४. तौल ज्यादा भएकाहरुले कम क्यालोरी भएका खानाहरु खानु पर्दछ । चाउचाउ, बिस्कुट, नुडल्स्, कार्बाेनिकपेय र अल्कोहलिकपेय जस्ता खालीक्यालोरी दिने पदाथ उच्च रक्तचापको लागि राम्रो होइन ।
५. पेटभरी ठुसी—ठुसी खाने बानी त्यागेर पेटको आधाभाग ठोस र चौथाइ भाग तरल पदार्थले भर्नु पर्छ भने चौथाइ भाग वायु संचरणका लागि खाली छोडिदिनु पर्छ । ठोस भोजन दिनको दुइ पटक मात्र होस् । रात्रीकालिन भोजनमा अन्नको मात्रा जति सक्दो कम होस् । अन्नको सट्टा दाल, तरकारिकोसुप, उसिनेको सागसब्जी र तरकारी जस्ता चाडै पच्ने खाना खाने गरौ ।
७. खानामा नुनको मात्रा दुई—तीन ग्राम मात्र होस् । अजिनामोटो, सोडियोवाइकार्वोनाइड र सोडियमवेन्जोएट जस्ता वेकिङ पाउडरको प्रयोग मुटु तथा रक्तचाप मैत्री होइन । अचार, आलुचिप्स, कुरकुरे, पाँउ जस्ता अतिरित्त लवण राखिएका खाद्ययपदार्थले मुटु तथा रक्तचाप रोगको जोखिम बढाउँछ ।
८. खानामा रेसा र चोकर युक्त खाद्यान्नहरुको समायोजन हुन जरुरी छ । सलाद, हरीया सागसब्जि, चोकरयूक्तपीठो, रातोचामल, सग्ला अन्नहरुमा रेसाको मात्रा ज्यादा हुन्छ । हरीया कलिला मौसमि साग, अंकुरीत गेडागुडि वा जमरामा एन्टिअक्सिडेन्टको मात्रा ज्यादा हुन्छ । एन्टिअक्सिडेन्टले थुनिएका नसा खोल्न र हृदयघात पछिको घाउ निको पार्न मुख्य भुमिका खेल्छ ।
व्यायाम ब्यस्थापन
१. मुटु तथा रक्तचापका रोगीले ब्यायाम गर्न भनेर कहिले पनि कठिन ब्यायाम वा श्रम गर्नु हुदैन । अंग ब्यायाम, रिढ ब्यायाम, सिथिलिकरण ब्यायाम, प्रातः ग्रमण जस्ता हल्का ब्यायाम नियमित गर्नु पर्छ ।
२. दक्ष योग गुरुबाट मुटु तथा रक्तचापका रोगीले गर्ने योग सिकेर नियमित योग आसन र प्रणायाम गर्नाले रक्तचापको जोखिम कम गर्नुका साथै मुटुरोग उल्ट्याउन पनि मद्दत गर्छ ।
३. ब्यायामलाई दिन चर्याको मुख्य अंग बनाउनु पर्छ । ब्यायाम गर्ने भनेर एकै दिन धेरै गर्ने, कहिले गर्ने कहिले नगर्ने वा मुढे बल लगाएर ब्यायाम गर्नु हुन्न ।
बिश्राम व्यबस्थापन
१. मुटु तथा रक्तचापकारोगीका लागि बिश्राम, भोजन र व्यायाम भन्दा पनि महत्त्वपुर्ण छ, राति चाढै खाना खाने र खाएको तीन घण्टा (पेट खाली भएपछि) मात्र सुत्ने गर्नु पर्छ । निद्रा नआउनेहरुले चिकित्सकको सल्लाह अनुसार औषधि खाएर भएपनि सुत्ने प्रयास गरौं । दिउसो सुत्ने, विहान अबेरसम्म सुत्ने, राति चाढै नसुत्ने, र खानाखाने बित्तिकै सुत्ने बानी मुटु तथा रक्तचाप रोगमा खतरनाक मानिन्छ ।
२. शारीरिक तथा मानसिकरुपले विश्राम लिनका लागि योग आसन, योग निद्रा, माइन्ड साउन्ड रेसोनेन्ट टेक्निक (ःक्च्त्), प्राणिक इनरजाईजीङ्ग टेक्निक (एभ्त्), सेल्फ मेनेजमेन्ट अफ एक्सेसिभ टेन्सन (क्ःभ्त्), जेकब्सन प्रोग्रेसिभ मसल्स् रिल्याक्सेसन टेक्निक (व्एःच्त्) डिप रिल्याक्सेसन् टेक्निक (म्च्त्), क्विक रिल्याक्सेसन टेक्निक (त्तच्त्), ईन्स्टेन्ट रिल्याक्सेसन् टेक्निक (क्ष्च्त्) जस्ता बिश्रामका विधिहरु सिकेर अभ्यास गर्ने गरौं ।
३. सम्पूर्ण शरिरको मालिस, तैल अभ्यङ्ग, वाष्पस्नान, सउना स्नान, फोहोरा स्नान, पौडिनु, तैरीनु जस्ता उपचार पद्धतिले बिश्रामलाई बढाउँछ तर यी उपचार पद्दतिहरु चिकित्सकिय परामर्षमा मात्र गर्नुपर्छ ।
विचार व्यावस्थापन
१. मुटु तथा रक्तचापका रोगवाट बच्न अव्यवहारिक र पुरा नहुने महत्वकांक्षावाट वच्नुपर्छ । आफ्नो मनको भावनाहरु सम्वधोन गर्न, अरुको भावनाहरुको सम्मान गर्न, समाज र परिवारको मान्यताहरुस“ग समन्जस्य गर्न सिक्नुपर्छ । धेरै सम्पत्ति र नाम कमाउने वा उन्नती गर्ने चाहनामा आफुलाई तिरोहित गर्नु हुदैन ।
२. सकारात्मक चिन्तन मुटु तथा रक्तचापका जस्ता रोगको लागि ठूलो ओखती हो । राम्रा र नराम्रा पक्ष हरेक घटनाहरुको दुई अभिन्न पाटा हुन । हरेक घटना वा व्यक्तिको राम्रो पक्षलाई केलाउने वानी मुटुरोग तथा रक्तचाप नियन्त्रणका लागि राम्रो हो ।
३. विहान वेलुकी कम्तिमा २० मिनेट निर्विचार हुने कोसिस गरौं । निर्विचार साधानाले हृदयलाई शान्ति दिन्छ । । योग निद्रा, जप, प्रार्थाना, वा एकान्तबास जस्ता साधना नियम पूर्वक दक्ष गुरुबाट सिकेर निरन्तर गर्ने गरौं यसले तनाब कम गर्न सहयोग गर्छ ।
४. तनाब व्यवस्थापनको नाममा चुरोट, सुर्ति, जाड रक्सि, वा अन्य नसालु पदार्थको सेवन गरेर आफुलाई भुलाउन नखोजौ
ब्यबहार ब्यबस्थापन
१. बिहान ब्रम्ह मुहर्तमा (घाम झुल्किनुभन्दा ९६ मी. अगाडि देखि घाम झुल्किदासम्मको समय) उठिसक्ने, उठ्नेबित्तिकै दुई गिलास मनतातो पानी पिउने, तत् पश्चात मलमुत्र विशर्जन गरी सुचीनिची भई दाँत माझि व्यायामको लागि तयार हुनुपर्छ ।
२. ब्यायाम पश्चात हल्का खाजा खाएर दैनिक गर्नुपर्ने कामहरुलाई व्यबस्थित गर्न कार्यतालिका बनाउन जरुरी छ । यसो गर्दा कार्य ब्यबस्थापन सुचारुभई अतिरिक्त तनाबबाट बच्न सकिन्छ ।
३. बेलुका साढे छ देखि सात बजे भित्र खाना खाई सक्ने । त्यसको तीन घण्टा पछि मात्र सुत्न जाने गर्नु पर्छ ।
४. नाम र दामको पछाडि मरीहत्ते गर्नेबानी मुटु तथा रक्तचापका लागि राम्रो होइन । ईमान, जमान नैतिकता र धर्मलाई आत्मसाथ गर्दै जति जे हुन्छ त्येसैमा सन्तोष गर्ने गरौं ।
५. आफ्नो ब्यक्तित्वलाई लचकदार र सर्वप्रिय बनाउँ । अहंकार, घमण्ड र मपाईत्वलाई प्रश्रय नदिउँ । सानालाई माया र ठुलालाई आदार गरौं । दुःखिहरुसँग करुणा, आनन्दितहरुसँग मित्रता, सज्जनहरुसँग मुदिता राखौं भने दुर्जनहरुको वास्तै नगरौं ।
६. आफ्ना गल्ति तथा भुलहरुलाई फेरी नगर्ने संकल्पका साथ भुलौ । विगतमा भएका कुराहरुलाई लिएर तनावग्रस्त हुने नगरौं । ईखलिने, बैरत्वराख्ने, मनमालागेका कुरा नभन्ने र भावानाको दमन गर्ने ब्यक्ति उच्च रक्तचापकोे सिकार हुन सक्छ ।
डा. हेमराज कोइराला
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar