
उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शुसील कोइरालालगायतका सरकारी अधिकारीहरुले विदाइ गर्नुभयो ।
भारतीय वायु सेनाको विशेष विमानबाट नेपाल आएका मोदी त्यही विमानमा भारत फर्कनु भएको हो ।
२ दिने नेपाल बसाईका क्रममा उहाँले राष्ट्रपति डाक्टर रामबरण यादव, प्रधानमन्त्री सुशील कोइरालसहित विभिन्न दलका नेताहरुसँग भेट गर्नुभयो । उहाँले भ्रमणको पहिलो दिन व्यवस्थापिका संसद बैठकमा संवोधन पनि गर्नुभएको थियो ।