दोलखा, श्रावण २४ - जिरीस्थित लिंकन बजारको बसपार्क क्षेत्रमा रहेको टहरा वस्तीमा गएराती पहिरो जाँदा पुरिएर चारको मृत्यू भएको छ । घटनास्थल सदरमुकामबाट ५० किलोमिटर पूर्व पर्छ ।
माथिबाट आएको पहिरोले पाँच टहरा पुरिदा श्यामा गाविसकी ३७ वर्षीया पेमडोमा तमाङ र उनकी छोरी बर्ष १७ की फुर्लोमु तमाङ, जिरी गाविसका ५ वर्षीय सुजल जिरेल र १२ बर्षकी सुस्मा जिरेल सुनुवारको मृत्यु भएको छ । सुजल र सुष्माका बुबा कीर्तिबहादुर र आमा गुणकुमारी जिरेल घाइते छन् ।
पहिरोमा परी घाइते हुनेहरु रामेछाप रस्नालुका जसमाया खड्का र श्रीमान गुञ्जबहादुर खड्का, श्यामाका आङदावा तमाङ र उनका छोरा स्वयम खड्का छन् । उनका श्रीमती पेमडोमा र छोरी फर्लोमुको भने निधन भयो ।
त्यसैगरी अन्य घाइतेहरुमा ३७ बर्षका रामबहादुर खड्का र उनका श्रीमती दिलमाया खड्का, ७ बर्षका आङफुटी शेर्पा र ६ बर्षका आङनिमा शेर्पा छन् । मृतक सबैको सनाखत भैसकेको र घाइतेको जिरी अस्पतालमा उपचारमा भैरहेको प्रहरी नायव उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताए ।
दोलखा उद्योग बाणिज्य संघ जिरी शाखाका कोषाध्यक्ष बाबुराजा श्रेष्ठका अनुसार गएराति १२:३० मा पहिरो गएपछि नेपाली सेना, प्रहरी र स्थानीयले पुरिएका घाइतेहरुको उद्दार गरेका थिए । पहिरो करिब २० मिटर माथिबाट आएको छ भने पाँच टहरामा रहेका होटल पसल र निजी समाग्रीहरुमा क्षति पुगेका छ । शुक्रबार दिउँसो १ बजेदेखि जिरी बजारमा अविरल वर्षा भैरहेको थियो र उक्त बर्षा पहिरो गएको करिब १ घण्टासम्म नरोकिएको बाबुराजाले जानकारी दिए ।
निमित्त प्रमुख जिल्ला अधिकारी माधवप्रसाद अधिकारी र प्रहरी नायब उपरीक्षक सुरेश काफ्लेको रोहबरमा मृतक परिवारलाई सरकारको तर्फबाट जनही ४० हजार रुपैयाँ प्रदान गरिएको छ । घाइतेहरुको निशुल्क उपचार गरिने निमित्त प्रजिअ अधिकारीले बताए ।