Headlines News :
fb
Home » , » दशैंलाई लक्षित गरी ट्रयाक खोल्ने काम भदौ २५ मा सकिने

दशैंलाई लक्षित गरी ट्रयाक खोल्ने काम भदौ २५ मा सकिने

पहिरोले अवरुद्ध अरनिको राजमार्ग खुलाउन वैकल्पिक ट्रयाक निर्माण कार्य सुरु, दशैंलाई लक्षित गरी ट्रयाक खोल्ने काम भदौ २५ मा सकिने

सिन्धुपाल्चोकको मांखा र राम्चे गाउँ विकास समितिको सीमामा गएको पहिरोले अरनिको राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक ट्रयाक निर्माण सुरु भएको छ । आजबाट नेपाली सेनाले अवरुद्ध राजमार्ग सुचारु गराउन सुनकोशी नदी पारीबाट ट्रयाक खोल्ने काम सुरु गरेको हो ।
दशैलाई लक्षित गरी सुरु गरिएको ट्रयाक खोल्ने काम भदौ २५ गते सम्म सम्पन्न गरिने सेनाले जनाएको छ । पहिरोले राजमार्ग अवरुद्ध हुँदा नेपाल चीनबीच हुने व्यापार ठप्प छ । जसकारण दैनिक करोडौं राजश्व संकलन हुन सकेको छैन । सडक अवरुद्ध भएपछि बाह्रविसे तातोपानीलगायतका बजारमा दैनिक उपभोग्य सामग्रीकै अभाव हुन थालेको छ ।
उता, नेपाली सेनाले थुनिएको स्थानमा थप विस्फोट गराई पानी खोल्ने क्रमलाई पनि तीव्रता दिएको छ । सेनाले आज पनि प्रभावित क्षेत्रमा थप विस्फोट गराएको थियो । पहिरो गएको स्थलमा ठुल्ठुला चट्टान रहेकाले हटाउन समस्या भएको सेनाले जनाएको छ । एक्साभेटर र डोजरको सहायतामा पुरिएका घरहरु र सडक खोल्ने क्रम पनि जारी राखिएको छ । पहिरो र डुवानका पीडितहरुलाई राहत उपलब्ध गराउन स्थानीय प्रशासन जुटेको छ । राजमार्ग आसपासका बजार क्षेत्रमा सामान्य चहलपहल बढे पनि पसल तथा व्यापर भने सुचारु हुन सकेको छैन् ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar