Headlines News :
fb
Home » , » दाङमा बाढीले मृत्यु हुनेको संख्या १३ पुग्यो (फोटो फिचर)

दाङमा बाढीले मृत्यु हुनेको संख्या १३ पुग्यो (फोटो फिचर)

दाङ– दाङमा बाढीले बगाएर मृत्यु हुनेको संख्या १३ पुगेको छ। केहीबेरअघि मात्रै पुरन्धारा ९ गंगटेमा थप एकजनाको शव भेटिएको छ। योसँगै शनिबार मात्र ७ जनाको शव भेटिएको छ। यसअघि शुक्रबार ६ जनाको मृत्यु भएको थियो।

शुक्रबार बबई नदीमा आएको बाढीमा बेपत्ता ६ जनाको शव शनिबार भेटिएको छ भने राप्ती नदीले बगाएका थप एकजनाको शव भेटिएको छ।

धनौरी २ मा एकै घरका तीन, गोल्टाकुरी ३ मा एक, श्रीगाउँ ३ मा एक र देउखुरी लालमटियामा एकजनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृत्यु हुनेमा धनौरी २ का एकैघरका शेरबहादुर वली, खली वली र अस्मिता वली छन्। यसैगरी गोल्टाकुरी ३ की सुनिता डाँगी, देउखुरी लालमटिया ३ का चेतप्रसाद उपाध्याय र श्रीगाउँ ३ र पुरन्धारा ९ गंगटेमा एक/एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।

श्रीगाउँ र गंगटेमा भेटिएका शवको भने पहिचान भइसकेको छैन। प्रहरीका अनुसार बबई नदीको बाढीमा अझै थुप्रै व्यक्ति हराइरहेको प्रहरीले जनाएको छ। a a 1 a 3 a 5 a 6 शुक्रबार बबई नदीले घर बगाएपछि घरवारबिहीन भएका उरहरी ६ मोतिपुरका बासिन्दाहरू।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar