भारतको नयाँदिल्लीमा निधन भएका नायक श्रीकृष्ण श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान ल्याइए लगत्तै शुभेच्छुकहरूको अत्याधिक भीडले गर्दा पशुपति आर्यघाट तर्फ लगिएको छ।
विमानस्थलबाट तीनकुने, नयाँ वानेश्वर, माइतीघर,
शहीदगेट, रानीपोखरी हुँदै प्रज्ञाभवन आइपुगेको उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि भेला भएका शुभेच्छुकको भीड थाम्न नसकेर सिधै आर्यघाट तर्फ लगिएको हो। उनको शवलाई एयर इन्डियाको उडानबाट आजै काठमाडौं ल्याइएको हो।