काठमाडौं । नेपाली आकाशमा अर्को हेलिकप्टर थपिएको छ । मनाङ एयरले सोमबार विहान काठमाडौंमा अत्याधुनिक प्रविधियूक्त हेलिकप्टर अवतरण गराएको हो ।
कम्पनीले फ्रान्सको एयरबस हेलिकप्टर्स निर्माता कम्पनीद्धारा निर्मित ‘एएस३५०बी३इ’ हेलिकप्टर ल्याएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट नयाँ वायुयान सञ्चालन अनुमती तथा प्रमाणपत्र प्राप्त गरी उक्त हेलिकप्टर नेपाल भित्राएको कम्पनीका अध्यक्ष शतिस प्रसाद प्रधानले जानकारी दिए ।
यसरी भित्राइएको मनाङ एयरको यो दोस्रो हेलिकप्टर हो । यसभन्दा अगाडी मनाङले यहि मोडलको हेलिकप्टर नेपाल भित्राइसकेको छ । कम्पनीका अध्यक्ष प्रधानका अनुसार यो हेलिकप्टरले २३ हजार फिटको उचाइसम्म सुरक्षित उडान गर्न सक्छ ।
‘हामीसँग भएका दुई हेलिकप्टर उच्च हिमाली क्षेत्रमा आपतकालीन उद्धारका लागी उपर्यूक्त छन्’ कम्पनीका निर्देशक ईश्वरी पौडेलले भने- ‘हिमाल आरोहणमा गएर फसेका आरोहीहरुलाई उद्धार गर्न अब सहज हुन्छ ।’
हिमाल आरोहणमा गएका व्यक्तिहरु उच्च स्थानमा फस्दा उद्धारमा निकै कठिनाई हुने गरेको पौडेलको भनाई छ । मनाङ एयरका नयाँ हेलिकप्टरले उद्धारमा राहत दिने उनले दाबी गरे ।
कम्पनीका अध्यक्ष प्रधानका अनुसार अहिले ल्याएको हेलिकप्टरको बिशेषता बलियो र भरपर्दो इन्जीन र नयाँ प्रविधी रहेको छ । यो हेलिकप्टर नेपालको भौगोलिक वातावरणका लागी निकै उपर्युक्त रहेको कम्पनीले जनाएको छ ।
पाइलटसहित ७ सिटको क्षमता रहेको हेलीकप्टरबाट आरोहीहरुलाई रेस्क्यू गर्न सहज हुने प्रधानको विश्वास छ । कम्पनीका अनुसार यो हेलिकप्टरको बजार मुल्य २६ करोड रहेको छ ।
कम्पनीका इन्जीनियर जनक थापाले यो हेलिकप्टर नयाँ र उच्च प्रविधि प्रयोग गरिएको हेलिकप्टर भएको बताए । नेेपालमा सबैभन्दा नयाँ प्रविधि भएको हेलिकप्टर समेत रहेको उनले दाबी गरे ।
चालक निश्चल केसी, सहचालक प्रकाश सढाईंको साथमा इन्जिनियर जनक थापाले फ्रान्सबाट सिंगापुर, मलेसिया, थाइल्याण्ड, म्यानमार, बंगलादेश, भारत हुँदै नेपाल ल्याएका हुन् । फ्रान्सबाट नेपाल ल्याउन उनीहरुलाई पाँच दिन लागेको थियो । कम्पनीले यसै वर्षभित्र अर्को यस्तै हेलिकप्टर ल्याउने जनाएको छ ।
कम्पनीले फ्रान्सको एयरबस हेलिकप्टर्स निर्माता कम्पनीद्धारा निर्मित ‘एएस३५०बी३इ’ हेलिकप्टर ल्याएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट नयाँ वायुयान सञ्चालन अनुमती तथा प्रमाणपत्र प्राप्त गरी उक्त हेलिकप्टर नेपाल भित्राएको कम्पनीका अध्यक्ष शतिस प्रसाद प्रधानले जानकारी दिए ।यसरी भित्राइएको मनाङ एयरको यो दोस्रो हेलिकप्टर हो । यसभन्दा अगाडी मनाङले यहि मोडलको हेलिकप्टर नेपाल भित्राइसकेको छ । कम्पनीका अध्यक्ष प्रधानका अनुसार यो हेलिकप्टरले २३ हजार फिटको उचाइसम्म सुरक्षित उडान गर्न सक्छ ।