Headlines News :
fb
Home » , » झुटो बोल्नेमा पुरुष अगाडि, किन झुटो बोल्दा रहेछन् मान्छेहरु ?

झुटो बोल्नेमा पुरुष अगाडि, किन झुटो बोल्दा रहेछन् मान्छेहरु ?

महिला र पुरुष मध्ये को बढि झुटो बोल्ला ? वास्तवमा झुटो बोल्ने कुरा लैंगिक भिन्नतामा भन्दा पनि व्यक्तिगत चरित्रमा निर्भर हुनुपर्ने हो । कोही पुरुषहरु महिला भन्दा निकै गफाडी हुन्छन् र धेरै झुटो कुरा बोल्न सक्छन् तर एक अध्ययनले औषतमा पुरुषहरु महिला भन्दा धेरै झुटो बोल्ने देखाएको छ । अध्ययनले पुरुष बढि झुटो बोल्ने तथ्य पत्ता लगाएको मात्र होइन महिला र पुरुष झुटो बोल्नुका पनि फरक फरक कारण हुने खुलासा गरेको छ ।


अध्ययन अनुसार कसैको भावनामा चोट नपुगोस् तथा कसैलाई दुखी बनाउनु नपरोस् भन्नका लागि महिलाहरु झुटो बोल्छन् भने पुरुषहरु पैसा जोगाउनका लागि तथा अर्काको मन जित्नका लागि झुटो बोल्छन् । पेइङ टू मच डट कम ले गरेको अध्ययन अनुसार एक जना मानिसले एक हप्तामा कम्तिमा पनि ४ पटक झुटो बोलेको हुन्छ ।

पुरुषहरु प्रायः कोही मान्छेलाई समस्याबाट बाहिर निकाल्नका लागि, चाहेको कुरा पाउनका लागि तथा खुसी बनाउनका लागि झुटो बोल्ने गर्छन् । सबै उमेर तथा लिंगका मानिसले बोल्ने साझा झुट भनेको आफु बेखुस तथा अप्ठेरोमा रहँदा पनि अरुलाई देखाउनका लागि ‘म ठीक छु’ भन्ने रहेको अध्ययनको निष्कर्ष छ । झुटो बोलेका कारण समस्यामा पर्नेमा पनि पुरुषहरु नै अगाडि छन् । ४२ प्रतिशत पुरुषहरुले आफु बेइमान बन्दा अर्थात् झुटो बोल्दा समस्यामा परेको बताए ।

जबकी २७ प्रतिशतले आफुले झुटो बोलेकै कारण साथी गुमाउनु परेको बताए । अध्ययन अनुसार बेलायतका १७ प्रतिशत मानिसहरुले ऋण तिर्ने तथा दाबी गर्ने मामिलामा विमा कम्पनीसँग झुटो बोल्ने गरेका छन् जबकी २५ प्रतिशतले जागिरका लागि दरखास्त हाल्दा समेत झुटो विवरण पेश गर्ने गरेका छन् । त्यस्तै आफुले खाएको रक्सी, जागिरको लागि अन्तरवार्ता दिँदा, अरुको बारेमा टिप्पणी तथा प्रसंसा गर्दा वा घरायासी कार्यक्रम समेत मानिसहरु झुटो बोल्ने मुख्य मौका हुन् । -
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar