पूर्व–पश्चिम राजमार्ग अन्र्तगत बर्दिया राष्ट्रिय निकुञ्जको कुँवाभार नजिक राजमार्ग भत्किएपछि यातायात अबरुद्ध भएको छ ।
२८ साउन रातिदेखि लगातार भइरहेको वर्षाका कारण बाढीले राजमार्गको कल्भर्ट भत्काएपछि पूर्वपश्चिम यातायात ठप्प भएको छ ।
टिकपुरबाट खाली ग्यास सिलीन्डर
लिएर नेपालगञ्ज तर्फ गईरहेको ना २ ख ८७७८ नम्बरको ट्रक राजमार्गको कल्भर्टमा फसेको छ ।
राजमार्ग अवरुद्ध भएपछि एम्बुलेन्ससहित ५० भन्दा बढी गाडी र सयौं यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।
जोखिम मोलेर केही ब्यक्ति हिंडेर भत्किएको कलभर्ट पार गरे पनि सहजरुपमा हिंडेरै पनि ओहोरदोहोर गर्नसकिने अवस्था नरहेको ईलाका प्रहरी कार्यालय भुरीगाँउले जनाएको छ ।
नेउलापुर डुबानमा
यस्तै बर्षाका कारण बर्दियाको नेउलापुर ४ रानीपुरका दर्जन बढी घर डुबानमा परेका छन् ।
नेउलापुरसहित बर्दियाका विभिन्न गाविसका सयौँ घर डुवानको जोखिमा रहेको प्रहरीले जनाएको छ ।