काठमाडौं– एकीकृत नेकपा माओवादीको आज बसेको स्थायी समितिको बैठकले बाबुराम भट्टराईनिकट दुई केन्द्रीय सदस्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको छ। निलम्बित हुनेमा गंगानारायण श्रेष्ठ र रामरिझन यादव छन्।
भट्टराई प्रधानमन्त्री हुँदा यादव उनका प्रेस सल्लाहकार दिए भने श्रेष्ठ प्रमुख सचिव थिए। पार्टी गतिविधिविपरीत लागेको आरोप लगाउँदै बैठकले दुवैलाई निलम्बन गरेको हो। यसलाई भट्टराई पक्षले खेदजनक बताएको छ। 'पार्टीभित्रको समस्या हल गर्न वार्ता समिति गठन गरिएको थियो, त्यसले कुनै निचोड ननिकाल्दै निलम्बन गर्ने काम गरियो,' भट्टराईनिकट केन्द्रीय सदस्य देवेन्द्र पौडेलले भने, 'यो खेदजनक छ। यसले पार्टीलाई थप कमजोर बनाएको छ।'