लामोसाँघु (सिन्धुपाल्चोक) : सिन्धुपाल्चोकको मांखामा गएको पहिरोमा पुरिएका थप २० जनाको शव प्राप्त भएको छ। मृत्यु हुनेको संख्या ३० पुगेको छ। दसजनाको पहिले नै शव फेला परेको छ। थप शव प्राप्त भएकोमा भटिएकोमा १२ जना महिला, ३ जना बालकालिका र ५ जना पुरुष छन्। करिब डेढसय मानिस अझै बेपत्ता छन्। खोजी कार्य भइरहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले बताए।
डोजर र स्काभेटर चलाएर शव खोज्ने काम भइरहेको छ। शुक्रबार साँझ पहिराले पहाड नै खसेपछि सुनकोशी नदी थुनिएको थियो। थुनिएको सुनकोशी फुट्ने डरले यस क्षेत्रका पाँच हजार मानिस विस्थापित भएका छन्।
प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीका अनुसार बेपत्ता हुनेमा मांखा गाविसका एक सय २२ जना, टेकानपुरका नौजना र राम्चेका २२ जना छन्।
घटनास्थलमा बेपत्ताका आफन्तको भीड लागेको छ। बेपत्ताका आफन्तले अब उनीहरू जीवित फेला पर्ने आस मारिसकेका छन्। शव फेला पर्ने आसमा आइतबार दिनभर आफन्त घटनास्थल वरपर शोकाकुल अवस्थामा बसिरहेका थिए। एकै परिवारका १० जनासम्म बेपत्ता छन्।
राम्चे र मांखाको सीमामा पर्ने बस्तीसहितको पहाड खस्दा सुनकोसी थुनिएको थियो। पहिरोले अरनिको राजमार्गको ड्यामसाइटका घरहरू पुरिएका छन् भने टेकानपुरको दाबी गाउँसमेत पहिरोले बगाएको छ। सयभन्दा बढी घर बगाएको अनुमान छ। थुनिएको सुनकोशी पुरै खुलेको छैन।