काठमाडौं, श्रावणच १९ । नेपालको दुइदिने भ्रमण पूरा गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज अपरान्ह स्वदेश फर्किएका छन् । अपरान्ह साढे पाँच बजे मोदी भारतीय वायुसेनाको विशेष विमानबाट स्वदेश फर्किएका हुन् ।
प्रधानमन्त्री सुशील कोइरालाले भारतीय समकक्षी मोदीलाई त्रिभुवन विमानस्थलमा बिदाई गरेका थिए । त्यसअघि नेपाली सेनाले मोदीको सम्मानमा सलामी दिएको थियो ।
यसअघि भारतीय विदेश मन्त्रालयका प्रवक्ता सैयद अकबरुद्दिनले मोदी बसेको होटेल हायातमा भ्रमणबारे पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री मोदीको नेपाल भ्रमण अत्यन्तै सकारात्मक भएको टिप्पणी गरे । भ्रमणले नेपाल–भारतबीच नयाँ सम्बन्धको सुरुआत भएको उनको दाबी थियो ।
प्रवक्ता अकबरुद्दिनले सरकार तथा विभिन्न दलका नेताहरुले भारतीय प्रधानमन्त्रीलाई नेपालको भूमि भारत विरोधी गतिबिधिमा प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए ।
एमाओवादी नेता डा. बाबुराम भट्टराईलगायत अन्य दलका नेताहरुले नेपाल-भारतबीचका थुप्रै आयोजनाहरु अपुरो रहेको सन्दर्भ उठाएको भन्दै अकबरुद्धिनले प्रधानमन्त्री मोदीले एक–एक गरी ती आयोजनाहरु कार्यान्वयन हुने आश्वासन दिएको जानकारी पनि गराए ।
साथै मोदीले नेपालका नेताहरुलाई पार्टीको हितमा नभइ देशको हितमा काम गर्न सुझाव दिएको जानकारी पनि उनले दिए ।