काठमाडौं: आवासीय चिकित्सकको आन्दोलनका कारण दुई हप्तादेखि उपचार सेवा ठप्प भएको वीर अस्पताल मंगलबारदेखि सुचारू हुने भएको छ।
चिकित्सक विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल ( न्याम्स ) का नवनियुक्त पदाधिकारी र आन्दोलनरत आवासीय चिकित्सकका प्रतिनिधिबीच सोमबार आठ बुँदे सहमति भएपछि आन्दोलन टुंगिएको हो। मंगलबार देखि सेवा नियमित हुने भएको न्याम्सका कार्यकारी सदस्य डा. भुपेन्द्र बस्नेतले दिए।
बस्नेतका अनुसार आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न व्यवस्थापन सकारात्मक भएको छ। वीरका सिटीस्क्यान, एमआरआई लगायतकायन्त्र उपकरणको व्यवस्था गर्नुपर्ने, आवासगृह स्थापना गर्नुपर्ने र न्याम्सकका अधिकारीको नियुक्ति हुनुपर्ने माग आन्दोलनरत चिकित्सकको थियो। सरकारले न्याम्सको उपकुलपति, रेक्टर, रजिस्टारसहितका पदमा नियुक्त गरिसकेको छ।