काठमाडौं : साउदी अरबले अनलाइन भिसाको व्यवस्था गरेकाले कामदार पठाउन सजिलो भएको व्यवसायीले बताएका छन्। स्वास्थ्य परीक्षणमा पास भएपछि दूतावासमा पेस गरेको तीन दिनभित्रै भिसा स्ट्याम्पिङ हुने भएकाले कामदारले धेरै दिन राजधानीमा बस्नुपर्ने अवस्था कम भएको छ।
अन्य धेरै मुलुकमा पेपर भिसाको प्रचलन रहेकाले स्ट्याम्पिङ गर्न तुलनात्मक रूपमा धेरै दिन लाग्ने गरेको छ। साउदी अरबले नेपालमै दूतावास स्थापना गरेकाले बंगलादेशसम्म जानुपर्ने झन्झटसमेत हटेको व्यवसायीले बताएका छन्।
वैदेशिक रोजगार व्यवसायी संघका पूर्वउपाध्यक्ष टंकबहादुर राउतले विगतमा नेपालमा दूतावास नहुँदा बंगलादेशसम्म धाउनुपर्ने बाध्यता भए पनि अहिले निकै सजिलो भएको बताए। अहिले व्यवसायीले नेपाल र बंगलादेश दुवै ठाउँबाट भिसा स्ट्याम्पिङ गराउन सक्छन्। नेपालबाट भिसा स्ट्याम्पिङ गर्दा लागत खर्च निकै कम पर्न जाने उनले बताए।