Headlines News :
fb
Home » » नेपालसँग ओमान १०२ रनले पराजित ,नेपालको लगातार तेस्रो जित

नेपालसँग ओमान १०२ रनले पराजित ,नेपालको लगातार तेस्रो जित


एसीसी यू १६ प्रिमियर क्रिकेट
काठमाडौ, भाद्र १ - मलेसियामा जारी एसीसी यू १६ प्रिमियर क्रिकेटको आजको खेलमा नेपालले ओमानलाई १०२ रनले हराएको छ । यसअघि थाईल्याण्ड र सिंगापुरलाई हराएको नेपालले तेस्रो जितको लागि ओमानलाई सजिलै हरायो ।

टस हारेर पहिलो व्याटिङ गरेको नेपालले निर्धारीत ४० ओभरमा सबै विकेट गुमाएर १६४ रन जोडेको थियो ।

नेपालको लागि जितेन्द्र ठकुरीले नेपालको लागि अविजित ३२ रन बनाए । उनले ५७ बल खेल्न पाए ।

नेपालको लागि उपकप्तान आसिफ साहले १२ र प्रनित थापाले १६ रन जोडे । नेपालको लागि सुशान्त थापाले १७, रवि शाहले ९, रवीन्द्र शाहले २५, कप्तान सुमीन महर्जनले १४, पवन सर्राफले ८ र अनिल खरेलले ३ रन जोडे ।

ओमानको लागि हितेश कुमारले ५ र महेश कुमारले २ विकेट लिएका थिए ।

नेपालले थाईल्याण्डलाई १० विकेट र सिंगापुरलाई ४९ रनले हराएको थियो । नेपाल र ओमान उमेर समूहमा भिडेको यो पहिलो पटक हो ।

एसीयाली क्रिकेट काउन्सिल (एसीसी) ले नयाँ संचरना अनुसार टेस्ट नखेल्ने राष्ट्रबीच उत्कृष्ट ६ देशबीच राउन्ड रोविनको आधारमा पहिलो पटक यो प्रतियोगिता आयोजना गरेको हो ।

अंक तालिकामा शीर्ष स्थानमा रहने राष्ट्रले उपाधि जित्नेछन् ।

Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar