काठमाडौं, श्रावण २६ । आज श्रावण कृष्ण प्रतिपदा । काठमाडौ उपत्यकालगायत मुलुकका विभिन्न शहरमा गाईजात्रा पर्व मनाईदै छ । गाईजात्रा नेवार समुदायले मनाउने महत्वपूर्ण पर्व हो ।
गाइजात्रामा वर्र्षभरी दिवंगत भएका आफन्तको आत्माले मुक्ति पाओस् भन्ने कामनासहित गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गर्ने चलन छ । यसोगर्दा मृतात्माले यमलोक जाँदा बाटोमा पर्ने बैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास छ ।
शहरमा गाई पाल्नेहरुले भने साच्चिकै गाईलाई सिंगारेर नगर परिक्रमा गर्छन् भने केहिले जोगीको भेष धारण गरि रंगीबिरंगी कपडा, मुखुण्डो, पेरुङोको टोपी तथा लामो जामा र पटुका लगाएर सांस्कृतिक बाजागाजासहित नगर परिक्रमा गर्ने चलन छ ।
नगर परिक्रमा गर्दा दिवंगत आफन्तको सम्झनामा विभिन्न भोजन गराइन्छ भने पछिल्लो समयमा मुलुकको राजनीति तथा सामाजिक विसंगतीप्रति व्यंग्य गरेर पनि यो पर्व मनाउन थालिएको छ ।
यो जात्रा काठमाडौ उपत्यकामा तत्कालीन मल्ल राजा प्रताप मल्लले चलाएका हुन् । छोरा चक्रप्रतेन्द्र मल्लको मृत्यु शोकमा रानी डुवेपछि, रानीलाई सान्त्वना दिन प्रताप मल्लले शहरमा वर्षभरी कतिले आफन्त गुमाए, कतिजनालाई यस्तै शोक प¥यो भनेर देखाउन यो जात्रा निकाल्न लगाएको विश्वास छ ।
काठमाडौ उपत्यकालगायत मूख्य रुपमा नेवार समुदायको बाक्लो वस्ती रहेका शहरहरु बनेपा, धुलिखेल, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौंडा र पोखरामा यो पर्व मनाइन्छ । कलाकारहरुले भने मुलुकको राजनीति तथा सामाजिक विकृति विसंगतीप्रति व्यंग्य गर्दै मनोरञ्जनात्मक कार्यक्रम गर्दछन् ।
उता, भक्तपुरमा निकालिने गाईजात्राको भने छुट्टै रौनक र आकर्षण छ । त्यहाँ आजदेखि आठ दिनसम्म यो पर्व मनाइन्छ ।
भक्तपुरमा गाईजात्राका दिन वर्षभित्र मृत्यु भएकामध्ये उमेर नपुगेका बालबालिकाको साँचा अर्थात डोकोलाई गाईको रुपमा सिंगारेर नगर परिक्रममा गराइन्छ भने उमेर पुगेका व्यक्तिहरुको ताहामच्चा अर्थात चार वटा बाँस प्रयोग गरी गाईको प्रतीक बनाइ नगर परिक्रमा गर्ने चलन छ । त्यहाँ हुने घन्ताङघिसी र माँक प्याखँ अर्थात् बाँदर नाच अर्को विशेषता हो ।