'दलहरुबीचको द्वन्द्व हटाउनुपर्छ'
बारा, श्रावण २६ - नेकपा-माओवादी अध्यक्ष मोहन वैद्य किरणले संविधानसभा मार्फत् जनताको संविधान बन्ने आशा नभएको बताएका छन् । उनले सर्वपक्षीइ राजनीतिक सभाबाट सहमति खोज्ने आफ्नो पार्टीको प्रयासमा ठूला दल र सरकारले सहयोग नगरेको आरोप लगाए ।
'संविधान निर्माण गर्न सर्वपक्षीय राजनीति सभा नभई सहमति जुट्दैन्,' उनले भने, 'यसका लागि आफुले जति प्रयास गरेपनि ठूला पार्टी र सरकारले वेवस्ता गरेका छन् ।'
उनले सर्वपक्षीय राजनीतिक सभा बिना जनताले संबिधान पाउने आश नभएको भन्दै संबिधान बाहिरका दललाई पनि समेटेर राजनीतिक सभा गर्नुपर्ने आवश्यकता औंल्याए ।
साना दललाई वेवस्ता गरेकाले संबिधानमा सहमति नजुटेको उनको भनाइ थियो । 'शान्ति प्रक्रियालाई टुंगो लगाउन रानीतिक दलबीचको द्वन्द्व हटाउनुपर्छ,' उनले भने, 'तर यसतर्फ कसैले ध्यान दिएको छैन् ।'