२२ असार, जाजरकोट । भारतको हिमाञ्चल प्रदेशअन्तर्गत किनोर जिल्लाको भावानगरस्थित पान्नीखोलामा पर्खाल भत्किँदा च्यापिएर चार नेपाली मजदुरको पुरिएर मृत्यु भएको छ ।
विद्युत् पावरहाउसको माथिल्लो भागको पर्खाल भत्किँदा जाजरकोट डाँडागाउँ-३ चिउरीका २२ वषर्ीय पृथ्वी चनारा र १९ वर्षीय मनबहादुर चनारा असार १९ गने मृत अवस्थामा फेला परेका थिए । यस्तै १७ वर्षीय कविराज चनारा र १८ वर्षीय ज्वाला चनाराको शव शनिबार फेला परेको छ ।
पावरहाउसको जग पुर्ने क्रममा माथि सडक भत्किएपछि एक्कासि आएको पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको प्रत्यक्षदर्शी परवीर चनाराले बताए । मृतकहरु एउटै गाउँका दाजुभाइ हुन् र उनीहरु भारतको आस्था कम्पनीमार्फत गत जेठको पहिलो सातादेखि विद्युत् पावरहाउसमा मजदुरी गर्दै आएका थिए
fb