Headlines News :
fb
Home » » तरकारी, मदिरा र सूर्तिको मूल्य वृद्धि उच्च

तरकारी, मदिरा र सूर्तिको मूल्य वृद्धि उच्च

४ असार, काठमाडौं । तरकारी, मदिरा र सूर्तिजन्य वस्तुहरुको मूल्य उच्च दरले वृद्धि हुँदै गइरहेको छ । जेठ महिनामा वाषिर्क विन्दुगत आधारमा तरकारीको मूल्य २७.५ प्रतिशतले बढेको छ भने सूर्तिको २५.३ प्रतिशत र मदिराजन्य पदार्थको २२.५ प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकका अनुसार जेठ महिनामा वाषिर्क विन्दूगत मूल्यवृद्धि दर ९.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा यस्तो वृद्धिदर ८.२ प्रतिशत रहेको थियो । यस अवधिमा पेय पदार्थको मूल्य सुचकांक वृद्धिदर १२.२ प्रतिशत र गैर खाद्य तथा सेवा समूहको वृद्धिदर ७ प्रतिशत रहेको छ ।
माछा-मासुको मूल्य १६.१ प्रतिशतले बढेको छ भने फलफुलको मूल्य १४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको यसै अवधिमा माछा-मासुको १४.५ र फलफूलको ९.६ प्रतिशतले मूल्य सूचकांक बढेको थियो ।
अघिल्लो वर्षको यसै अवधिमा ७ प्रतिशतले बढेको चिनी तथा मिठाईको मूल्य यो जेठमा १.६ प्रतिशतले घटेको छ ।
गैर खाद्य तथा सेवा समुहमा पर्ने लत्ता कपडा तथा जुत्ता-चप्पलेको मूल्य वृद्धि ११ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ९.४ प्रतिशत, स्वास्थ्य क्षेत्रको ८.३ प्रतिशत मूल्य वृद्धि भएको छ ।
क्षेत्रगत आधारमा हेर्दा सबैभन्दा बढी मूल्य वृद्धिको चाप तराईमा १०.१ प्रतिशत रहेको छ भने काठमाडौं उपत्यकामा ९.७ प्रतिशत र पहाडमा ८.१ प्रतिशत रहेको छ ।
पछि गत जेठ महिनामा समग्र मूल्यवृद्धि ९.५ प्रतिशत पुगेको  छ । यो मूल्य वृद्धि अघिल्लो वर्षको जेठ महिनादेखि यो जेठ महिनासम्मको हो ।
वार्षिक विन्दूगत मूल्य सुचकांक वृद्धिदर


Share this article :
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar