Headlines News :
fb
Home » » सम्भोगका बेला सुपर ग्लू लगाएको हातमा गुप्ताङ्ग टाँसिएपछि…

सम्भोगका बेला सुपर ग्लू लगाएको हातमा गुप्ताङ्ग टाँसिएपछि…

 अमेरिकाको सिकागोमा रहेका डाक्टर म्याथ्यू भ्यालेन्टले आफ्नो डाक्टरी जिवनकै सबैभन्दा अनौठो घटना आत्मसात गरे केही दिन पहिले । जब हातमा लिंग टाँसिएको युवक उपचारको लागि आकस्मिक कक्षमा आइपुग्यो तब उनी अचम्ममा परे ।

वास्तवमा ती युवकले रातमा आफ्नी श्रीमतीसँग सम्भोग गर्ने बेलामा लुबि्रकेन्ट भनेर भुलबस हातमा सुपर ग्लू हालेर लिंगमा दलेका कारण यस्तो भवितव्य भएको थियो । सुपर ग्लू ले हात र लिंग टाँसिएपछि उनी इन्तु र चिन्तु त भए नै उनकी श्रीमती पनि अताल्लिइन् ।

टिएलसी टेलिभिजन च्यानलमा प्रशारण हुने चर्चित कार्यक्रम सेक्स सेन्ट मी टू दी इ आर मा डाक्टर म्याथ्यूले यो अनौठो घटनाबारे वर्णन गरेका छन् । यो शो शनिवार प्रशारण हुँदैछ ।

उनका अनुसार ती युवकले राति ओछ्यान छेवैँको स्टाण्डमा सुपर ग्लुले अठ्याएर मैनबत्ति ठडाए । रातमा बाल्नुपर्ला भनेर उनले मैनबत्ती ठडाएका थिए । मैनबत्तीमा सुपर ग्लू टाँसेसँगै उनले सुपर ग्लू को बट्टा पनि त्यहीँ नै राखे जहाँ सेक्स गर्दा यौनांगमा लगाउने लुबि्रकेन्टको बट्टा पनि थियो । जब उनी बत्ति निभाएर श्रीमतीसँग सम्भोग गर्ने कार्यमा लागे तब उनले यौनांगमा लुबि्रकेन्ट लगाउन चाहे । उनले ओछ्यान नजिकैको बट्टाबाट लुबि्रकेन्ट ठानेर सुपर ग्लू हातमा खन्याए र लिंगमा दले । उनी त्यसबेला झसँग भए जब लुबि्रकेन्ट ठानेर लिंगमा दलेको चिज त सुपर ग्लू रहेको थाहा पाए र उनको हात र लिंग चपक्कै टाँसियो र हात फुत्काउनै सकेनन् ।

हातमा थुप्रै ग्लू खन्याएर लिंगमा लपक्कै लाएका कारण हात र लिंगको धेरै छाला एक आपसमा टाँसिएको डाक्टरले बताएका छन् । उनको पूरै हत्केला र औँला लिंगमा टाँसिएको अवस्थामा थियो ।

उनले हात र लिंग छुट्टाउनका लागि नङ पालिस हटाउने झोल, तातो पानी लगायतका केही समय लाग्ने विधि अपनाउनका लागि आग्रह गरे । तर श्रीमती चाहीँले छिटै हात र लिंग छुट्टाउने उपाय अपनाउन आग्रह गरिन् । त्यसैले डाक्टरले छिटो विधिद्धारा ती युवकको हात र लिंग छुट्टाइदिए । आखिर के थियो त त्यो विधि ? यो अहिले खुलाइएको छैन र टेलिभिजन कार्यक्रममै त्यसको रहस्य खोलिने बताइएको छ ।
Share this article :
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar