Headlines News :
fb
Home » » मनसुनमा बिर्सेर पनि नखानुहोस् यस्ता खानेकुरा

मनसुनमा बिर्सेर पनि नखानुहोस् यस्ता खानेकुरा

मनसुनले एकातिर खुसी ल्याएको हुन्छ भने अर्कोतर्फ निकै रोगहरु पनि निम्त्याएको हुन्छ । यदि तपाईं मनसुनलाई राम्रो तरिकाले व्यतित गर्न चाहनुहुन्छ भने सडकको किनारामा बेच्न राखिएको खानेकुराहरु नखानुहोस् । यसका साथसाथै तारेको र मसालेदार खानाहरु पनि कम खानुहोस् ।
मनसुनमा थुप्रै मानिसहरु पानी परेको देखेर तातो पकौडा बनाएर खान रुचाउँछन् तर यो तपाईंको स्वास्थ्यका लागि राम्रो मानिँदैन । मनसुनमा कुनै पनि खानेकुराहरु स्वच्छ हुँदैन । यतिबेला पानी निकै दुषित हुने भएका कारण घरबाहिर पाइने खानेकुरा खाँदा निकै होसियारी अपनाउनुपर्ने हुन्छ ।
तपाईंले कुन ठाउँमा कस्ता खानेकुराहरु खाइरहनुभएको छ, यस्ता कुराहरु मनसुनको बेलामा निकै महत्वपूर्ण हुने गर्दछ । आउनुहोस्, मनसुनमा कस्ता कस्ता खानेकुरा खानबाट बच्नुपर्छ भन्ने कुरा थाहा पाउनुहोस्ः
१. पिरो र मसालेदार पकौडाः
मनसुनको समयमा सडकको साइडमा पाइने पकौडाहरु नखानुहोस् । यी पकौडाहरुलाई पकाउनका लागि जुन तेल प्रयोग गरिएको हुन्छ, त्यो तेलले तपाईंको स्वास्थ्यमा नकारात्मक असर पुराउने गर्दछ । मनसुनमा तपाईंको पाचन क्षमतामा ह्रास आउने भएका कारण यस्ता खानेकुराहरु नखाँदा नै राम्रो हुन्छ ।
२. चाट र पानीपुरीः
दुषित पानीको प्रयोगले चाट र पानीपुरी बनाइएको छ भने तपाईंले यसलाई खाएर सिधै डाक्टरलाई भेट्न जानुपर्ने हुन्छ ।
३. समोसा तरकारीः
धेरैजनालाई समोसा निकै मनपर्न सक्छ तर यसलाई तपाईंले मनसुनमा नखाँदा नै राम्रो हुन्छ । पकौडाजस्तै यसलाई पनि पकाउनका लागि राम्रो तेलको प्रयोग गरिँदैन त्यसकारण यसबाट टाढा बस्दा नै राम्रो ।
४. सडक किनारामा पाइने चाइनिज फुड
यस्ता खानेकुराहरु बनाउनका लागि राम्रो पानीको प्रयोग गरिँदैन । यो मौसममा यदि तपाईं दुषित पानी पिउनुहुन्छ भने तपाईंको पेटले यसको जवाफ दिनेछ ।
५. पात भएको तरकारीः
यो मौसममा पात भएको तरकारीहरुमा किटाणु र किरा हुने सम्भावना अधिक हुने गर्दछ त्यसकारण साग र पात भएको तरकारी खाँदा निकै होसियार रहनुहोस् ।
६. सडक किनारामा पाइने फलफूलका जुसः
यस्ता जुसमा दुषित पानी पनि मिसाइन सक्ने भएका कारण यो मौसममा नखाँदा नै राम्रो ।
७. काटेर राखिएको फलफूलः
सडकमा काटेर राखिएको फलफूल त झन् खाँदै नखानुहोस् । यस्ता फलफूलमा दुषित पानीको प्रयोग हुनुका साथै खुल्ला रुपमा छोडिने भएका कारण झिंगाहरु बसेको हुन्छ ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar