Headlines News :
fb
Home » » इजरायलसँग युद्धविराम आग्रह

इजरायलसँग युद्धविराम आग्रह

गाजा सिटी (एएफपी/बीबीसी), JUL 22 - राष्ट्रसंघले तत्कालै युद्धविरामका लागि सोमबार बिहान इजरायलसँग आग्रह गरेको छ । दुई सातादेखि इजरायलको आक्रमणमा परी गाजामा नागरिक हताहतिको बढै गएपछि राष्ट्रसंघीय सुरक्षा परिषद्ले उक्त पहल गर्न खोजेको हो ।

राष्ट्रसंघका महासचिव बान कि-मुनले इजरायली आक्रमणलाई मानवताविरुद्धको अपराध ठहर गरेका छन् । उनले स्थिति असह्य भएको भन्दै तत्काल वार्तामा जोड दिएका छन् । त्यहाँ सोमबारसम्म मारिनेको संख्या ५ सय पुगेको छ । ती आक्रमणहरूमा दुई हजारभन्दा बढी प्यालेस्टाइनी घाइते भएका छन् । उक्त हत्यालाई नरसंहारको संज्ञा दिँदै प्यालेस्टाइनी अधिकारीहरूले न्यायका लागि अन्तर्राष्ट्रिय रूपमा पनि अपिल गरेका छन् । राष्ट्रसंघको अनुसार गाजाबाट ८३ हजार ६ सय ९५ जना विस्थापित भइसकेका छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि इजरायली प्रधानमन्त्री बेन्यामित नेतान्याहुलाई टेलिफोन गरी युद्धविरामका लागि अनुरोध गरेका छन् । नेतान्याहु भने सैन्य कारबाही नरोक्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गत जुलाई ८ बाट इजरायलले गाजा क्षेत्रमा आक्रमण सुरु गरेको हो । १८ सैनिकसहित २० इजरायलीको पनि ज्यान गएको छ । इजरायलले गाजाबाट हुने रकेट आक्रमणको अन्त्य हुनुपर्ने भनेको छ । अमेरिकाका विदेशमन्त्री जोन केरी इजरायल प्यालेस्टाइनबीच जारी हिंसाको अन्त्यको उपायको खोजीमा सोमबार इजिप्ट पुगेका छन् । केरीले इजिप्टका साथै मध्यपूर्वी राष्ट्रका नेताहरूसँग हिंसा अन्त्यको उपाय खोजी गर्नेछन् ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar