Headlines News :
fb
Home » » अब डिजेल–पेट्रोलको ‘नो टेन्सन’, उखुको रसले चल्छ गाडी

अब डिजेल–पेट्रोलको ‘नो टेन्सन’, उखुको रसले चल्छ गाडी

लखनऊ– उखुको रसबाट बन्ने एथनलले इन्धनको काम गर्ने बताइएको छ । यो इन्धनबाट गाडीहरु चलाउन सकिनेछ । एथनलको यदि राम्रोसँग उत्पादन र उपयोग सुरु गरिने हो भने देशको लागि यो संजिवनी साबित हुनेछ । यो भनाई हो लखनउका वरिष्ठ सुगर टेकनिक विशेषज्ञ एनके शुक्लाको । यदि उनलाई मान्ने हो भने एथनलको उत्पादनबाट देश इन्धनको मामलामा आत्मनिर्भर बन्ने मात्र नभई परमाणु उर्जाबाट हुने खतराको आशंका पनि हट्ने गर्दछ ।

 लखनऊको प्रेस क्लबमा उनले भने कि उखुबाट पाइने एथनलको उत्पादन उर्जाको अरु साधनहरुभन्दा सस्तो मात्र नभई पर्यावरणको दृष्टिबाट पनि सुरक्षित रहेको छ ।

उनले भने, ‘नागपुरमा एक र मुम्बईमा दुई बसहरु आइसकेका छन् जुन एथनलबाट चल्नेछन् । ’ उनी भन्छन्, ‘ एक मेट्रिक टन उखुबाट ७५ लिटर एथनलको उत्पादन हुने गर्दछ । यसबाट उखुको उपयोगिता पनि बढ्ने र आयको स्रोतमा पनि वृद्धि हुनेछ । यस्तो भएमा देश इन्धनको विषयमा आत्मनिर्भर हुने र भविष्यमा देशले विदेशी ऋणको बोझबाट पनि मृक्ति पाउनेछ ।’ (एजेन्सी)  
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar