प्रहरीले अवैध यौनधन्दा चलाएको अभियोगमा पक्राउ गरी अदालत बुझाएको इटहरी तथा यसआसपासका सातजनालाई जिल्ला अदालत सुनसरीले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ ।
जिल्ला अदालतका न्यायाधीश शारदाप्रसाद कोइरालाको एकल इजलासले बुधबार ढिलो गरी होटल तथा रेस्टुरा चलाउँदै आएका राधा तामाङ महर्जन, राधा आचार्य प्रधान, ज्ञानु राई भन्ने ज्ञानमाया राई, सपना शाक्य श्रेष्ठ, सरु भनिने सावित्री भण्डारी गिरी र मनोज चौधरीलाई कारागार चलान गरेको हो ।
गत असार १६ गते इलाका प्रहरी कार्यालय इटहरीको टोलीले अभियुक्तलाई विगतमा यौनधन्दा चलाएको भन्दै नियन्त्रणमा लिएर मानव बेचबिखन तथा जीउ मास्नेबेच्ने अभियोगअन्तर्गत मुद्दा तयार गरेर जिल्ला अदालतमा बुझाएको थियो ।
सोही मुद्दामाथि भएको बहसपछि सो इजलासले अभियुक्तहरूलाई अदालती बन्दोबस्ती देह व्यापार ऐन, २०१८ अन्तर्गत थुनामा पठाउने आदेश दिएको हो ।
त्यस्तै म्याग्दीका उक जोडीलाई सामाजिक सञ्जाल फेसबुकबाट बसेको पिरतीले एक हिरासतमा पुर्याएको छ ।
विदेशमा रहँदा पोखराकी एक महिलासँग फेसबुकमार्फत बढेको मित्रताको सम्बन्धलाई विवाहमा बदलेपछि म्याग्दीका चित्रमान छन्त्याल नाम गरेका व्यक्ति अहिले बहुविवाह मुद्दामा प्रहरी हिरासतमा पुगेका हुन् ।
जेठी श्रीमतीले बहुविवाह गरेको उजुरी दिएपछि प्रहरीले साउन ८ गते दुवैजनालाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिमलकुमार उपाध्यायले बताउनुभयो ।
उहाँका अनुसार रोजगारीको सिलसिलामा विदेशमा रहेका छन्त्याल र विवाहित ती महिलासँग फेसबुकमार्फत सम्पर्क भएको थियो । फेसबुक, स्काइप, भाइबर र फोन हँुदै गहिरिएको पिरतीलाई छन्त्याल नेपाल फर्कने बित्तिकै दुवैजना काठमाडौँमा भेट भएर विवाहमा परिणत गरेका प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । प्रहरीले अनुसन्धान प्रभावित हुने भन्दै बहुविवाह गर्ने महिलाका बारेमा थप विवरण सार्वजनिक गर्न मानेन् ।
सुनौलो भविष्यको सपना बुन्दै दुखजिलो गरेर घरव्यवहार धान्दै आएकी छन्त्यालकी श्रीमतीले परदेशी श्रीमान्ले बाटैबाट अर्की ल्याएको थाहा पाएपछि प्रहरीलाई उजुरी गरेकी थिइन् । “यो त सामाजिक सञ्जालको दुरुपयोग गर्दा भएको एउटा उदाहरण मात्र हो, यस्ता घटना दिनानुदिन बढ्दै गएका छन्”–प्रहरी निरीक्षक उपाध्यायले भन्नुभयो–“सामाजिक सञ्जालको प्रयोग र व्यक्तिगत सम्बन्धमा संवेदनशील नबन्दा धेरैका परिवार विखण्डनको अवस्थामा पुगेको छ ।”