दोहा , श्रावण १५ - कैद भुक्तान गरेर दुई लाख रियाल (५४ लाख रुपैयाँ) भन्दा बढी जरिवाना तिर्न नसकेरमा जेलमै रहेकासहित १९ जना नेपालीलाई कतार सरकारले आममाफी दिएको छ । धेरै जसो लागुऔषध प्रकरणमा जोडिएकाहरु छन् ।
कैदीलाई इदको अबसरमा आममाफी दिनेक्रममा नेपाली परेका हुन् । कतारस्थित दुताबास अनुसार, जेलमा परेका झन्डै ४६ जना नेपाली थिए । उनीहरुलाई केन्द्रीय करागारबाट नेपाल पठाउन घर फिर्ती केन्द्रमा स्तान्तरण गरिएको छ । 'यसपटक १९ जना नेपालीलाई आममाफी दिइएको छ', कार्यबाहक राजदुत गणेश ढकालले भने,'उनीहरुको प्रक्रिया पुरा गरी स्वदेश पटाइन्छ ।'
आममाफीमा म्याग्दीका लोकबहादुर क्षेत्री पनि परेका छन् । आफ्नो भाईबुहारीले पटाइदिएको भाङको आचार बोकेर आउदा उनी सन् २०१२ सेटेम्बर १६ मा बिमानस्थलबाटै पक्राउ परे । कतारमा डाइभरी गर्दै आएका क्षेत्रीलाई छुटाउन कम्पनी र दुताबासले प्रयास पनि गरेको थियो । नेपालमा भाङलाई खानपिनमा प्रयोग गर्ने भन्दै सरकारले कतारी निकायलाई औपचारिक पत्र पनि लेखिएको थियो । दुई लाख जरिवाना तोकिएको उनलाई सरकारले पत्र बुझाएपछि अदालतमा पुर्नबिचारको लागि फाइल पेश हुदा जरिवाना एक लाख रियालमा झर्यो । आउदो सेटेम्बर १६ तारिख उसको कैद भुक्तानी हुने भएपनि जरिवानाको कारण बस्नुपर्ने थियो । आममाफी पाएपछि उनी खुसी भएका छन् ।
त्यसैगरी लागु औषध मुद्दामै हालसम्मै सबैभन्दा बढी जरिवाना पाउनेमा शिब मण्डलले पनि आममाफी पाएका छन् । चार बर्षको सजाय पाएका उनलाई दुई लाख १५ हजार रियाल तोकिएको थियो । सन् २०१२ अगस्ट ७ बाट जेलमा रहेका उनको कैद सन् २०१५ अगस्ट ७ सम्म तोकिएको थियो ।
अर्को दुई लाख रियाल नै जरिवाना पाउनेमा मुमताज अन्सारी पनि आममाफीमा परेका छन् । उनी पनि लागु औषधमै जेल परेका हुन् । फ्रेववरी २३ सम्म तीन बर्षे सजायको कैद भुक्तान गरेपनि तोकिएको जरिवान तिर्न नसक्दा जेलमै थिए ।
सन् २०११ फ्रेववरी २३ तारिख पक्राउमा परेका अजाद मियाँले पनि आममाफीमा परेका छन् । गत फ्रेववरी २३ तारिखमै तीन बर्षको सजाय भक्तान गरिसके पनि दुई लाख रियाल जरिवाना तिर्न नसक्दा जेलमै थिए । उनीभन्दा दुई महिना पछि अर्थात अपि्रल १२ मा पक्राउ परेका शन्तबहादुर लिम्बुलाई पनि तीन बर्ष कैद र एक लाख रियाल जरिवाना तोकिएको थियो । उनले पनि आममाफी पाएका छन् ।
त्यस्तै दुई लाख रियाल र एक बर्षको सजाय पाएका उजिर नडेपहलाई पनि आममाफी दिएको छ । उनी २०१३ जुलाई ७ मा सजाय पाएका थिए । त्यसैगरी सादम अली, किशोर परियार, इन्द्र गुरुङ, धनबहादुर बिके, अक्बर मन्सुर, सलाम अब्दुल, सुदिप शाह, दमन राई, मोहमद मुजिप, राजेश पाण्डे, नारायन चापागाई र राजकुमारले पनि आममाफी पाएका छन् ।
यसैगरी १० बर्षदेखि जेल परेका दुर्गाबहादुर बुढामगर, प्रधान बुढा कामी र गणेशबहादुर कुन्जेको यही अक्टोबर २ मा कैद भुक्तान हुदैछ । लागुऔषधको ओसारप्रसारको मुद्दामा उनीहरु सन् २००४ अक्टोबर २ देखि जेलमा छन् । उनीहरुलाई पनि दुई लाख रियाल जरिवानाको सजाय पाएका छन् । यि तीन जना भने आममाफीमा परेको छैन् ।