प्यूठान, साउन २ – प्यूठानमा श्रीमतीको आँखा फुटाएर एक प्यक्तिले आत्महत्या गरेका छन् । खवाङ २ मौरीबाङका धनबहादुर सुनारले आफ्नी श्रीमतीलाई कुटपिट गरी आँखा फुटाएर आत्महत्या गरेका हुन् ।

घर झगडा हुँदा सुनारले २१ वर्षकी श्रीमती सुमित्राको आँखा फुटाएर आत्महत्या गरेका हुन् । सुमित्राको दुवै आँखामा चोट लागेको छ । उहाँको दुवै आँखाबाट निरन्तर रगत र पानी आइरहने गरेको स्थानीयले बताएका छन् ।
बुधबार भएको घटना थाहापाए लगत्तै घटनास्थल पुगेको प्रहरीले टोलीले कुटाइबाट श्रीमती बेहोस भएपछि ज्यान गएको ठानेर धनबहादुरले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
घाइते सुमित्राको आर्थिक अभावले उपचार हुन सकेको छैन भने घरमा काजकिरियामा पनि समस्या रहेको स्थानीयले बताएका छन् । उनीहरुका एक छोरा र एक छोरी छन् ।