Headlines News :
fb
Home » , » सुदूरपश्चिममा ज्यान गुमाउनेको संख्या १० पुग्यो

सुदूरपश्चिममा ज्यान गुमाउनेको संख्या १० पुग्यो

धनगढी : सुदूरपश्चिममा मनसुनी वर्षाका कारण चार दिनमा ज्यान गुमाउनेको संख्या १० पुगेको छ । कञ्चनपुरमा वेपत्ता भएका भाँसीका २५ वर्षका अमर धानुकको शव फेला परेको र आइतबार साँझ डडेल्धुराको शीर्ष गाविस ७ गोदामका २४ वर्षका वीरबहादुर मालको खोलाले बगाउदा मृत्यु भएपछि ज्यान गुमाउनेको सङख्या १० पुगेको क्षेत्रीय प्रहरी कार्यालय दिपायलले जनाएको छ।

मालको, स्थानीय कटाल खोला तर्ने क्रममा ज्यान गएको थियो। सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले सोमबारसम्म बैतडीमा दुई, डोटीमा दुई, डडेल्धुरामा दुई, कञ्चनपुरमा दुई र अछाम र कैलालीमा एक/एक गरी १० जनाको ज्यान गएको जनाएको थियो।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar