Headlines News :
fb
Home » , » ब्राजिललाई ७–१ ले हराउदै जर्मनी विश्वकपको फाइनलमा ।

ब्राजिललाई ७–१ ले हराउदै जर्मनी विश्वकपको फाइनलमा ।


जर्मनीले आयोजक ब्राजिलमाथि बुधबार अविश्वसनीय र अकल्पनीय ७-१ को जित निकाल्दै विश्वकप २०१४ को फाइनलमा प्रवेश गरेको छ । सन् २००२ यता जर्मनी विश्वकपको फाइनल पुगेको यो पहिलो पल्ट हो । अब जोचिम लोको जर्मनीले फाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।
लज्जास्पद हारसँगै लुइज फिलिपे स्कोलारीको ब्राजिलको विश्वकप चुनौती समाप्त भएको छ । ब्राजिलले आफ्नो समग्र फुटबल इतिहासमै बेहोरेको यो सबैभन्दा ठूलो हार हो । चोटका कारण नेयमारलाई गुमाएको ब्राजिलका लागि यो हार अर्को ठूलो धक्का सावित भएको छ । ब्राजिलको हारलाई विश्वकप इतिहासमै अहिलेसम्मकै सर्वाधिक अप्रत्यासित मानिएको छ ।

जर्मनीका लागि यसपल्टको विश्वकपको पहिलो सेमिफाइनल जित ऐतिहासिक रह्यो । लगातार चौथो पल्ट सेमीफाइनल खेलिरहेको जर्मनी अब उपाधिको बलियो दावेदार हुनेछ । जर्मनीले पहिलो हाफमा छ मिनेटको अन्तरमा चार गोल गरेको थियो । पहिलो हाफको अन्त्यमा जर्मन पाँच गोलले अगाडि रहीसकेको थियो ।

थोमस मुलरले ११ औं मिनेटमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । उनको यो ब्राजिलमा पाँचौं गोल हो । मिरोस्लाभ क्लोजले २३ औं मिनेटमा दोस्रो गोल गरे र यसक्रममा ऐतिहासिक उपलब्धी हात पारे । उनी विश्वकप इतिहासमा सर्वाधिक १६ गोल गर्ने खेलाडी भएका छन् । यसअघि ब्राजिलका रोनाल्डोको नाममा १५ गोलको कीर्तिमान थियो ।

त्यसयता टोनी क्रुसले २४ र २६, खडेराले २९ तथा आन्द्रेयी स्कलरले ६९ र ८९ औं मिनेटमा गोल गरे । खेलको अन्त्यतिर ओस्करले ब्राजिलका लागि एक गोल फर्काए ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar