Headlines News :
fb
Home » , » इजरायल हमास युद्द झनै चर्किदो, तेलअभिवसम्म पनि रकेट प्रहार (भिडियो सहित

इजरायल हमास युद्द झनै चर्किदो, तेलअभिवसम्म पनि रकेट प्रहार (भिडियो सहित

हमास इजरायल युद्द झनै चर्किदो, तेलअभिवसम्म पनि रकेट प्रहार
सम्पूर्ण इजरायली आफ्नो मिसाइलको तारामा परेको हमासको धम्की



प्यालेष्टाइनी इस्लामीक लडाकु समूह हमास र इजरायलबीचको द्वन्द झनै चर्किएको गइरहेको छ । सोमवार मध्यरातदेखि अहिलेसम्म गाजापट्टीबाट प्रहार गरिएका ३० भन्दा वढि रकेट विस्फोट भएका छन् । गएको १ साता भित्र गाजापट्टीबाट २५० भन्दा वढि रकेट फायर भइसकेको इजरायली प्रतिरक्षा सेनालाई उद्त गर्दै संचारमाध्यमहरुले जनाएका छन् ।
यसैक्रममा गएराती इजरायली हवाई सेनाले गाजापट्टीमा गरेको हवाई आक्रमणबाट १४ प्यालेस्टेनी घाइते भएका छन् भने मंगलवार समुद्री क्षेत्रबाट इजरायल घुस्ने प्रयास गरिरहेका दुई आतंकवादीहरु मारिएको इजरायली संचार माध्ययमहरुले जनाएका छन् । इजरायलले इस्लामिक लडाकु समूह हमासविरुद्ध हवाई कारबाही लक्षित रहेको जनाएको छ ।
हमासले मंगलवार दिउसोदेखि इजरायलको केन्द्रलाई समेत लक्षित गरेर रकेट प्रहार गरिरहेको छ  । इजरायलको मध्य क्षेत्र तेलअभिव, खदेरा, गिभाटाइम, आश्दोद, रिसोम लेत्सियोन, विनय वराक, वेतसेमेश लगायकका ठाउहरुमा रेड अलर्ट साइरन बजेका छन् भने केही ठाउँहरुमा विस्फोट समेत भएका छन् ।
यसैक्रममा इजरायल र हमासविचको चर्किदो युद्दलाई मध्यनजर गर्दै इजरायलको होम फ्रन्ट कमाऩ्डले इजरायली नागरिकहरुको थप सुरक्षाकोलागि ताजा जानकारीहरु प्रसित गरेको छ ।
त्यस्तै हमासले मंगलवार इजरायलमाथि आक्रमणकोलागि थप कदम चाल्ने बताएको छ । सम्पूर्ण इजरायलीहरु आफ्नो मिसाइलको तारो भएको भन्दै धम्की दिएको छ ।
गाजापट्टीमा इजरायलको हवाई आक्रमणबाट एकै घरका ७ जना मारिएपछी हमासका प्रवक्ताले इजरायलमाथि रकेट आक्रमण जारी राख्ने बाँचा गरेको बताइएको छ ।
होम फ्रन्ट कमान्डले प्रसित गरेको भिडियो हेर्नुस्

खुल्दै छ लोड हुदै छ एक छिन रोकिनु होला ...
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar