धनगढी: कैलालीको दोधारा गाविसका दुईजनाले घरभित्र सुतिरहेको ११ वर्षीया बालिकाको बलात्कार गरेका छन। असार २९ गते आइतबार राति कैलालीको दोधारा गाविसमा एक बालिका सपना( नाम परिवर्तन)को सामूहिक बलात्कार भएको थियो। प्रहरीले सोही ठाउँका २२ वर्षका चक्र ओली र ३७ वर्षका प्रकाश गौतमसिहत चारजनालाई पक्राउ गरे पनि उनीहरुले अपराध स्वीकारेका थिएनन्। प्रहरीले चारै जनाको बीर्य, घटनास्थलमा भेटिएको रगतलगायत परीक्षण गरेको थियो।
'मंगलबार चक्र ओली र प्रकाश गौतमले आफहरुले पालैपालो सपनाको बलात्कार गरेका स्वीकारेका छन्।' कैलालीका प्रहरी उपरीक्षक मनोज जोशीले भने, 'आमाका लागि भनेर गउका दुवै जनाले आमा छिमेकीको विवाहमा गएकाले तीनभाइबहिनीसँग सुतिरहेकी ठूलीलाई अरकै कोठामा लगेर पालैपालो बलात्कार गरेको स्वीकार गरेका छन्।