Headlines News :
fb
Home » , » हमास र इजरायलविचको युद्द अझै लम्विने संकेत

हमास र इजरायलविचको युद्द अझै लम्विने संकेत

हमास र इजरायलविचको युद्द अझै लम्विने संकेत, हमासलाई सहयोग गर्नुपर्ने सिरियाली राष्ट्रपतिको भनाई
नेपालीहरु सुरक्षित रहेको राजदूत प्रसाईको भनाई




  (अन्तराष्ट्रिय संचार माध्यमको सहयोगमा)

पछिल्लो अवस्था हेर्दा हमास र इजरायलविचको युद्द अझै केही दिन लम्विने संकेत देखिएको छ । केही समय सुस्ताएको प्यालेस्टेनी अतिवादी समुह हमासले वुधवार विहानै देखि पुन: इजरायलमाथि रकेट आक्रमण शुरु गरेको छ ।  मंगलवारको राती  दक्षिणपट्टीको  सन्नाटा पछी  हमासले वुधवार विहानदेखि आक्रमण शुरु गरेको हो ।
इजरायल र हमासबीच सम्झौता हुन नसक्दा इजरायलले पनि  फेरि हवाई आक्रमण तीव्र पारेको छ । मंगलवार राती इजरायली प्रतिरक्षा सेनाले  पूर्वी गाँजा क्षेत्रका सर्वसाधारणलाई घर छाडेर जान चेतावनी दिएपछि स्थानीय बासिन्दा थातथलो छोडेर अन्यत्र जान वाध्य भएका छन् ।
इजरायली प्रतिरक्षा सेनाले हमास विरुद्द  गाजापट्टीमा  अप्रेसन प्रोटेक्टिभ एज शुरु गरे यता इजरायलले गाजापट्टीमा १८२५ भन्दा वढि हवाई आक्रमण गरिसकेको छ ।  आक्रमणबाट गाजापट्टीमा १ सय ५० भन्दा वढि सर्वसाधारण र ३१ वालवालिकाहरु गरी  २०२ जना भन्दा वढिको मृत्यु भइसकेका छन् भने ११ सय भन्दा वढि घाइते भएको गाजापट्टीका स्वास्थ्य अधिकारीहरुलाई उदृत गर्दै अरव न्यूजले जनाएको छ । न्यूजमा गाजापट्टीमा आक्रमणबाट गम्भिर घाइते भएकाहरुको उपचारकोलागि अस्पतालमा औषधी र उपकरणको अभाव भएको त्यहाका अस्पतालले जनाएको बताइएको छ ।
यसैविच हमास र इस्लामिक जिहाद समुहरुले इजरायलमाथि अहिलेसम्म १२१५ वटा रकेट तथा मोटार्स प्रहार गरिसकेको छ । जसमध्ये ३८ वटा रकेट भवन तथा खुल्ला ठाउँहरुमा विस्फोट भएका छन् भने २३१ वटा मिसाइल प्रतिरक्षा प्रणाली आइरन डोमद्वारा निस्क्रिय गरेको छ । इजरायलतर्फ १ जना को मृत्यु भएको छ । ३७ बर्षिय डोम हानिन् अप्रेसन प्रोटेक्टिभ एज सुरु भए यता इजरायल तर्फबाट मृत्यु हुने पहिलो व्यक्ती भएको जनाइएको छ । त्यस्तै इजरायली सैनिक तथा सर्वसाधारण गरी  करिव  १ दर्जन घाइते भएका छन् ।
इजरायलले इजिप्टको मध्यस्थतामा युद्दविरामकोलागि सहमती जनाउदै मंगलवार विहान ९ बजेदेखि युद्दविरामको घोषणा गरे पनि हमासले युद्दविरामलाई लत्याउदै इजरायलमाथि आक्रमण जारी राखेपछी इजरायली प्रधानमन्त्री वेन्जामिन नतान्याहु र रक्षा मन्त्री मोशे आयलोनले ६ घण्टाको एकतर्फी युद्दविराम पश्चात पुन गाजापट्टीमा आक्रमण शुरु गर्न आदेश दिएका थिए  ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अहिलेको अवस्थामा गाजापट्टीमा आक्रमण गर्नुबाहेक आफूहरुसँग कुनै उपाय नभएको जनाउँदै सर्वसाधारणसँग क्षमायाचना पनि गरेका छन् ।
त्यस्तै इजरायली राष्ट्रपति सिमोन पेरेसले इजिप्टले गरेको युद्दविरामको प्रस्ताव इजरायल लगायत सम्पूर्ण अरव लिगका मुलुकहरुले स्वीकार गरेको तर  हमासले मात्र स्वीकार नगरेको बताएका छन् ।
राष्ट्रपति पेरेसले सुरक्षा अवस्था बारे उल्लेख गर्दै हमासले युद्द विरामलाई इन्कार गरेर रकेट आक्रमण जारी राखेको बताए ।
इटलीका विदेश मन्त्री फेडेरिका मोघेरिनीसँगको भेटमा पेरेसले हमासले सर्वसाधिरणलाई जवर्जस्ती आतंकित वनाएको बताउदै भने -  "हामी आफ्ना नागरिकहरुलाई हमासको विवेकहिन आक्रमणको शिकार हुन दिदैनौं, तर हामीले गाजापट्टीमा पनि निर्दोष नागरिकहरुलाई असर नपर्ने गरी कारवाही अगाडि वढाउन सख्त कोसिस गरिरहेका छौं ।"
त्यस्तै सिरियाका राष्ट्रपती Bashar Assad  ले अरवियन राष्ट्रहरूले  गाजा र इजरायलविचको दुवन्दमा गाजालाई समर्थन गर्नुपर्ने वताएका छन् । अरवियन राष्ट्रहरूले गाजालाई  किन पैसा ,हतियार  तथा लडाकु दिएर समर्थन गर्दैनन  भनी संवोधन गरेको समाचारमा जनाईएको छ ।
इजरायल र हमास विचको युद्द चर्किदै गइरहे पनि इजरायलको अहिलेसम्मको अवस्था हेर्दा असुरक्षित वातावरण भने देखिदैन् । इजरायल सरकारले यहाँका नागरिकहरुलाई पूर्ण सुरक्षाको प्रत्याभुती गराएको छ भने इजरायलमा कार्यरत नेपाली लगायत विदेशी कामदारहरुमा पनि कुनै किसिमको डर त्रास देखिदैन् । गाजापट्टीबाट मिशाइल प्रहार गरिएको अवस्थालाई मध्यनजर गरी कतिपय नेपाली मिडियाहरुले त्रासपूर्ण समाचार संप्रेसण गरे पनि समाचार भ्रमपूर्ण रहेको भन्दै सामाजिक सञ्जाल फेसवूक मार्फत आलोचना गरिएका छन् ।  इजरायलकालागि नेपाली राजदूत महामहिम प्रल्हाद कुमार प्रसाईले हालसम्म कुनै पनि नेपाली कामदारहरुमा अप्रिय अवस्था नआएको र सम्पूर्ण नेपालीहरु सुरक्षित रहेको नेपाल इजरायल डट नेटलाई  जानकारी दिनुभयो  । यद्यपी उहाँले इजरायल सरकारवाट जारी हुने सुचनाहरु र होम फ्रन्ट कमान्डलाई पछ्याउदै अनुसासित भई सावधानी अपनाउन भने अनुरोध गर्नुभएको छ ।  महामहिम प्रसाईले सम्पूर्ण नेपालीहरुलाई संयमित हुन आग्रह गर्दै  सामाजिक सञ्जाल फेसवुक लगायकका सार्वजनिक ठाउँहरुमा समाचारहरु पोस्ट गर्दा अनावश्यक रुपमा नेपालमा रहेका घरपरिवार आतंकित हुने गरी नगर्न समेत अनुरोध गर्नुभएको छ । दूतावासले यसअघि नै नेपालीहरुको सुरक्षा सतर्कतालाई ध्यानमा राखी केही जानकारीहरु सहितको सुचना जारी गरिसकेको छ । #सबार नेपाल इजरायल 
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar