Headlines News :
fb
Home » , » त्रिभुवन विमानस्थलभित्रका पसलमा अख्तियारको छापा (भिडियोसहित)

त्रिभुवन विमानस्थलभित्रका पसलमा अख्तियारको छापा (भिडियोसहित)

 काठमाडौं, आषाढ २७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेका पसलहरुमा छापा मारेको छ । सर्वसाधारणबाट विमानस्थलमा रहेका पसलहरुबाट ठगिएको गुनासो बढेपछि अख्तियारले आज अपरान्ह प्रस्थान र आवागमन कक्षमा रहेका पसलहरुमा छापा मारेको हो ।

मनी चेञ्जर, टी सप, कफीसप र चकलेट तथा मदिरा पसलहरुमा अख्तियारको टोलीले छापा मारेको थियो । ठूलो संख्यामा पुगेको अख्तियारको टोलीले पसल सञ्चालनको सम्झौता सम्बन्धी कागजात, सम्झौताको नवीकरण, लेखासम्बन्धी कागजात र केही सामग्रीहरु जफत गरेको छ ।

जफत गरिएका सामानमा चुरोट, चकलेट लगायत रहेका छन् । जफत गरिएका सामग्रीहरु म्याद गुज्रिएका भएको हुनसक्ने अख्तियारले जनाएको छ ।


Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar