Headlines News :
fb
Home » » डचसँग खेल्दा नेइमार उपस्थित हुने

डचसँग खेल्दा नेइमार उपस्थित हुने

 टेरेसोपोलिस– ब्राजिलका घाइते स्ट्राइकर नेइमार आफ्नो टोलीले शनिबार नेदरल्यान्ड्ससँग विश्वकपको तेस्रो स्थानका लागि खेल्दा मैदानमा उपस्थित हुने भएका छन्।

कोलम्बियाविरुद्धको क्वार्टरफाइनलमा मेरुदण्डको हाँड भाँचिएर विश्वकपका बाँकी खेल खेल्न नसक्ने भएका नेइमारको अनुपस्थितिमा ब्राजिल सेमिफाइनलमा जर्मनीसँग ७–१ को फराकिलो नतिजामा पराजित भयो। बार्सिलोनाका स्टारले उक्त खेलमा आफू उपस्थित हुन नसकेकोमा दुःख व्यक्त गरेका थिए।
घाइते भएपछि उनलाई टेरेसोपोलिसस्थित टिमको अभ्यास सिविरबाट हेलिकोप्टरमा राखेर उपचारका लागि रियो द जेनेरियो लानुपरेको थियो।

'नेइमार शनिबारको खेलमा टिमको मनोबल बढाउन यहाँ आउने छन्,' ब्राजिली फुटबल संघका प्रवक्ता रोड्रिगो पाइभाले भने। जर्मनीसँग हारेको खेलमा ब्राजिली टोलीले नेइमारको जर्सी प्लेयर बक्समा राखेर भावनात्मक शक्ति बटुल्ने प्रयास गरेको थियो।

रियो द जेनेरियोको अस्पतालबाट आरामका लागि घर पुगेका उनको अवस्था बुझ्न बार्सिलोनाको मेडिकल टोली पनि पुगेको थियो।

घरेलु मैदानमा भएको विश्वकपमा उपाधि जितेर कुल उपाधिसंख्या ६ पुर्यािउने ब्राजिलको लक्ष्यमा नेइमारको चोटले धक्का लागेको विश्वास लिइएको छ। संघर्षरत घरेलु टोलीलाई क्वार्टरफाइनलसम्म पुर्याकउन २२ वर्षे स्टारको भूमिका प्रेरणादायी थियो।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar