बिहीबारदेखि विश्वकप २०१४। संसारको ध्यान त्यसैतर्फ केन्द्रित छ। फुटबलको मज्जा कसरी लुट्ने भन्नेबारे धेरैको ध्यान केन्द्रित छ। धेरैको चाहना प्रत्यक्ष रूपमै फुटबल हेर्न पाओस् भन्ने हुन्छ नै। तर पनि धेरैको त्यो इच्छा पूरा हुन सक्दैन। धेरैले टेलिभिजनबाटै चित्त बुझाउनुपर्ने हुन्छ। यसकारण यतिबेला टेलिभिजनबाट कसरी त्यो मज्जालाई लुट्ने भन्ने योजना धेरैको छ। त्यसको लागि एउटा महत्त्वपूर्ण भूमिका रहन सक्छ, कहाँ राख्ने टेलिभिजन? घर, पसल, डिपार्टमेन्टल स्टोरमा कता टेलिभिजन राख्दा फुटबलको मज्जा अझ बढी नजिकबाट लुट्न सकिन्छ धेरैको ध्यान यसतर्फ छ।त्यसो त टेलिभिजन सहरका घरघरमा भइसकेका छन्। अझ सम्पन्न परिवारमा त कोठैपिच्छे टेलिभिजन भइसकेका छन्। बैठक, पाहुना, किचेन, बेड, मिटिङ धेरै कोठामा टेलिभिजन राख्ने प्रचलन भइसकेको छ। घरका सबै परिवार एउटै कोठामा बसेर टेलिभिजन हेर्ने जमाना इतिहास हुँदैछ। फरकफरक च्यानल हेर्न रुचाउने हुँदा बालबालिकादेखि बूढाबूढीको कोठासम्ममा टेलिभिजन हुन थालिसकेका छन्। पसल, डिपार्टमेन्टल स्टोर, मललगायतका ठूल्ठूला किनमेल केन्द्र तथा कार्यालयमा पनि टेलिभिजन हुन थालिसकेका छन्। सिटी सेन्टर, बल्र्ड ट्रेड सेन्टरलगायतका स्थानमा सबैले हेर्न पाउनका लागि ठूल्ठूला टेलिभिजनको व्यवस्था हुन थालेका छन्।
ठूल्ठूला कार्यालयमा पनि सार्वजनिक रूपमा हेर्नका लागि टेलिभिजन राख्ने प्रचलन सुरु भएको छ। अझ टेलिभिजन कार्यालयमा त एउटै धेरै टेलिभिजन राखेका हुन्छन्। कुन टेलिभिजनले के प्रसारण गरिरहेका छन्, हेरेर प्रतिस्पर्धामा जान सहज बनाउन तिनीहरूले धेरै टेलिभिजन राखेका हुन्। विशेषगरी कुन टेलिभिजन च्यानलले के फ्ल्यास न्युज देखाइराखेका छन्, हेर्नका लागि टेलिभिजन राखेका देखिन्छन्।
सामान्यतया: जहाँ टेलिभिजन राखे पनि टेलिभिजनदेखि दर्शकसम्मको दूरी सातआठ फिट हुनुपर्छ। नत्र आँखामा विकार उत्पन्न हुन्छ। टीभी हेर्न मानिसको आँखाको उचाइ र टेलिभिजनको उचाइ समानान्तर हुनुपर्छ। नभए टेलिभिजन हेर्दाको मज्जा नै लुट्न सकिँदैन।
घरमा टेलिभिजन
टेलिभिजन कहाँ राख्ने भन्ने विषय कुन कोठामा राख्ने भन्नेले निर्धारण गर्छ। कोठाअनुसार फरकफरक ठाउँमा टेलिभिजन राख्नु राम्रो हुन्छ। बैठक, भान्छा, बेड, बच्चाको कोठा कुनमा राख्ने हो, त्योअनुसार राख्नुपर्छ। बैठक कोठामा राख्ने टेलिभिजन सामान्यता परिवारको सामूहिक रहने भएकोले त्यहाँ ठूलो अनि राम्रो टेलिभिजन राख्नु राम्रो हुन्छ। बैठक कोठाको टेलिभिजन धेरैले हेर्ने भएकोले सोफा अनि भुइँ दुवै ठाउँबाट हेर्न मिल्ने उचाइमा राख्नुपर्छ। बेडरुममा राख्दा सुतेर पनि हेर्न मिल्ने गरी हुनुपर्छ। भान्छामा राख्ने टेलिभिजन भने अलि सुरक्षित तरिकाले राख्नुपर्छ। किनकि भान्छामा भाडावर्तत सफा गर्ने क्रममा पानीको छिड्का वा भाडा खसेर टेलिभिजनमा नपरोस् भन्ने कुरामा हेक्का राख्नुपर्छ। बालबालिकाको कोठामा राख्ने टेलिभिजन पनि अझ बढी सुरक्षित हुने गरी राख्नुपर्छ। यो कोठामा त अझ टीभी दराजभित्र राख्दा उत्तम हुन्छ। किनकि बालबालिकाले अनावश्यक रूपमा वा अन्य केही चीजले हानेर टेलिभिजन बिगारिदिन सक्छ।
सार्वजनिक टेलिभिजन
पसल, कार्यालय, होटेल, डिपार्टमेन्टल स्टोरमा टेलिभिजन राख्दा भने घरमा राखेभन्दा फरक तरिकाले हेर्नुपर्छ। सार्वजनिक स्थलमा राख्ने टेलिभिजन सुरक्षित रहनुपर्ने भएकाले मानिसले छुन नभ्याउने गरी राख्नुपर्छ। किराना पसल, होटेल रेस्टुरेन्टमा राख्दा पनि केही चीजले टेलिभिजनलाई क्षति नपुगोस् भन्ने हिसाबले सुरक्षित पार्नुपर्छ। होटेलमा ग्राहकका लागि कोठामा राख्ने टेलिभिजन पनि अलि अग्लो ठाउँमा कुनामा राख्नुपर्छ।
सामान्यतया: जहाँ टेलिभिजन राखे पनि टेलिभिजनदेखि दर्शकसम्मको दूरी सातआठ फिट हुनुपर्छ। नत्र आँखामा विकार उत्पन्न हुन्छ। टीभी हेर्न मानिसको आँखाको उचाइ र टेलिभिजनको उचाइ समानान्तर हुनुपर्छ। नभए टेलिभिजन हेर्दाको मज्जा नै लुट्न सकिँदैन।
