Headlines News :
fb
Home » » वास्तुअनुसार टेलिभिजनको ठाउँ

वास्तुअनुसार टेलिभिजनको ठाउँ

पूर्वीय सिद्धान्तअनुसार मानवजीवन पञ्चतत्त्व वा पञ्च महाभूतमा आधारित छ। अन्य वस्तुमा जस्तै वास्तुमा पनि पञ्चतत्त्वको महत्त्वपूर्ण भूमिका हुन्छ। आकाश, भू, जल, वायु र अग्निको र राम्रो तालमेलबाट मात्र सबै वस्तु अनुकूल हुन्छ। एक तत्त्वमा मात्र असन्तुलन पैदा हुँदा प्रकृति प्रतिकूल बन्न जान्छ। विशेषगरी आग्नेय (पूर्व-दक्षिण) कोण अग्निको स्थान मानिन्छ। अग्निको स्थान अर्थात् अग्नितत्त्व प्रबल भएको ठाउँ। यसैकारण वास्तुशास्त्रमा अग्नि (आगो) सम्बन्धी सम्पूर्ण कार्य आग्नेय स्थानमा गर्नुपर्ने निर्देश छ।

अग्नितत्त्वको अर्थ आगोले मात्र पूरा हुँदैन। आगोलगायत विद्युत् जस्ता ऊर्जाशील वस्तुको स्थान आग्नेयलाई मानिएको छ। त्यसैकारण विद्युतीय साधन पनि आग्नेयमै राख्नुपर्ने वास्तुशास्त्रको मान्यता छ। सूचना, सञ्चार र मनोरञ्जनको महत्त्वपूर्ण माध्यम मानिएको टेलिभिजनको स्थान पनि आग्नेय कोणमै हुने भयो। आग्नेयमा राखिएको टेलिभिजन हेर्नका लागि पूर्व वा आग्नेय नै फर्केर बस्ने व्यवस्था मिलाउनु उपयुक्त हुन्छ। हुन त आग्नेयतर्फ राखिएको टेलिभिजन हेर्नका लागि दक्षिण फर्किने गरी मेच वा सोफा राख्न सकिन्छ। दक्षिण फर्केर हेर्ने गर्नु राम्रो मानिँदैन। कतिपय विज्ञले ईशान (उत्तर-पूर्व) लाई पनि टेलिभिजन राख्ने दिशाको रूपमा लिने गरेका छन्। ईशान दिशा अत्यन्तै पवित्र दिशा हो र यहाँ राख्न हुने नहुने, गर्न हुने नहुनेबारे अघिल्ला अंकमा पनि चर्चा भइसकेका छन्। आग्नेय कोणमा राख्न नमिल्दा टेलिभिजन यो कोणमा पनि राख्न सकिन्छ। यसका लागि उत्तर वा पूर्व फर्केर हेर्नेगरी सोफा वा मेच राख्न सकिन्छ।

सूचना, सञ्चार र मनोरञ्जनको महत्त्वपूर्ण माध्यम मानिएको टेलिभिजनको स्थान पनि आग्नेय कोणमै हुने भयो। आग्नेयमा राखिएको टेलिभिजन हेर्नका लागि पूर्व वा आग्नेय नै फर्केर बस्ने व्यवस्था मिलाउनु उपयुक्त हुन्छ।



टेलिभिजन आग्नेय वा ईशानमा राख्न त सकिन्छ भनियो तर कुन कोठामा राख्ने? विशेषगरी बैठक कोठा, आगन्तुक कक्ष वा स्वागत कक्षमा टेलिभिजन राख्ने चलन देखिन्छ। ती कोठा कुन दिशामा बनाउने भन्ने पाटो छुट्टै छ। यसैगरी प्रायजसो सबैको शयनकक्षमा टेलिभिजन राखिएको पाइन्छ। कतिपय विज्ञले शयनकक्षमा टेलिभिजन नराख्नु पनि भनेको पाइन्छ। जुनै कोठामा भए पनि टेलिभिजनबाट आउने किरणको प्रभाव मानिसको आँखा र अन्य अंगमा पनि पर्ने तथ्यलाई आत्मसात् गर्नुपर्छ। यसैगरी टेलिभिजन राख्ने स्थानको उचाइ पनि कोठा, प्रयोजन, हेर्ने स्थान आदिबाट निर्धारण गर्न सकिन्छ। सदुपयोग गर्न जान्दा टेलिभिजनबाट धेरै फाइदा लिन सकिन्छ। दुरुपयोग गर्दा वा दृश्ययोग्य सामग्रीको छनोट गर्न नसक्दा यसमा लत बस्ने र दीर्घकालीन हानी गर्ने तथ्य पनि छ। आफूले मात्र होइन घरका सानासाना नानीलाई कस्ता सामग्री, कति समय देखाउने भन्ने विषयमा अभिभावक गम्भीर हुनुपर्छ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar