जनतासँग ब्याज असुल्ने सहकारी बन्द गर्नुपर्ने
२६ जेठ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्षसमेत रहेका गृहमन्त्री वामदेव गौतमले बचत तथा ऋण सहकारी संस्थालाई ‘दलालहरुको संस्था’ बताएका छन् । राजधानीको राष्ट्रिय सभागृहमा आयोजित घरेलु तथा साना उद्योग महासंघको २१ औं साधारणसभालाई सम्बोधन गर्दै गृहमन्त्री गौतमले जनताबाट २०/२५ प्रतिशतसम्म ब्याज असुलेर जनतालाई ठगिरहेका हुनाले सहकारी दलालहरुको संस्थामा परिणत भएको आरोप लगाए ।
यस्ता ‘जनता ठग्ने’ सहकारीहरु बन्द गर्नुपर्ने गौतमले बताए । कार्यक्रममा बोल्दै नेता गौतमले एमालेका सबै कार्यकर्ताहरु कुनै न कुनै उत्पादनमुखी कार्यक्रममा लाग्नुपर्ने बताए । उत्पादनमा नलाग्ने एमाले सदस्यहरुको सदस्यता नै खारेज गर्नुपर्ने उनले बताए । एमालेसमर्थित किसान संघका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री गौतमले विदेशबाट मासु र तरकारी नेपालमा आयात गर्न नपाइने भन्दै मासु र तरकारी स्वदेशमै उत्पादन गर्नुपर्ने बताए ।
गौतम आफैं सहकारीपीडित मन्त्री गौतमले सहकारीलाई दलालहरुको संस्था भन्नुका पछाडि उनी आफैं दलालबाट पीडित बन्नु प्रमुख कारण रहेको छ । अपार्टमेन्टको फ्ल्याट उपलब्ध गराइदिने भन्दै ओरियन्टल सहकारीका सुधीर बस्नेतले ५० लाख रुपैयाँ चप्काइदिएकाले मन्त्री गौतमले सहकारीलाई ‘दलालहरुको संस्था’ भनेका हुन् । नबिल बैंकबाट झिकेको रकमबाट ५० लाख अपार्टमेन्टका लागि लिएको तर हालसम्म घर प्राप्त नगरेको गौतमले बुझाएको सम्पत्ति विवरणमा उल्लेख छ ।