२६ जेठ, काठमाडौं । पुनरावेदन अदालत पाटनले नेपाल प्रहरीको एआईजी बढुवा सिफारिस तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । डीआईजी पर्शराम खत्रीले दायर गरेको रिटमा पुनरावेदनले मुद्दाको टुङ्गो नलागेसम्म बढुवा सिफारिस कार्यान्वयन नगर्न आदेश दिएको हो । बढुवा सिफारिस समितिले सात जनाको नाम सिफारिस गरेपछि ६ प्रतिस्पर्धीले बढुवा सिफारिस पुनरावलोकन समितिमा उजुरी दिएका छन् ।गृहसचिव सूर्य सिलवाल नेतृत्वको समितिले डीआइजीहरु राजेन्द्रसिंह भण्डरी, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा, प्रतापसिंह थापा, वीरेन्द्रबाबु श्रेष्ठ, रमेशशेखर बज्राचार्य र केदार साउदको नाम सिफारिस गरेको छ ।
