आफन्त र छिमेकीबाटै बालिका बतात्कृत हुने घटना बढ्यो
काठमाडौं,जेठ२१–बाराकी ६ वर्षीया रिया कुमारी चैत २७ गते साँझ घर अगाडि चापाकलमा दाइ बरुणसित खेल्दै थिइन् । त्यही बेला एक समूहले चकलेट र ५ रुपैयाँ दिए । मीठो खाने प्रलोभनमा पछि लागेकी बालिकालाई समूहले बलात्कार गरी फरार भयो । छिमेक र आफन्तले प्रहरीको सहारामा खोज्दा रिया बेहोस भेटिइन् । अस्पताल लगियो ।
उपचार क्रममा मृत्यु भयो । ‘खेल्दै गरेकी नातिनी गुमाएँ,’ हजुरआमाको आँसु अझै थामिएको छैन । रूपन्देही दुधराक्षकी ७ वर्षीया बालिका आफ्नै हजुरबाबाट बलात्कृत भइन् । गत मंसिरको यो घटनामा हजुरबाले ‘अरूलाई भनेमा मारिदिनेड धम्की दिए । तर रगताम्य बालिकाको शरीरले थेग्न नसकेपछि घटना छताछुल्ल भयो । हजुरबा अहिले थुनामा छन् । लामो उपचारपछि बल्ल बालिका सामान्य स्थितिमा फर्केकी छन् । मकवानपुर हाँडीखोला–१ की ६ वर्षीया बालिका आफ्नै छिमेकी ३८ वर्षे वीरमान घलानबाट बलात्कृत भइन् । कात्तिक १५ गते भएको बलात्कारका आरोपी घलान पुर्पक्षका लागि थुनामा छन् । यी केही प्रतिनिधि घटना मात्र हुन् । आफन्त, छिमेकी वा चिनजानकै व्यक्तिबाट बालिकाहरू जोगाउन मुस्किल परेको छ । उजुरी परेका कतिपय घटनामा परिवारकै सदस्यले बलात्कार गरेको देखिन्छ । पछिल्लो समय बलात्कारका समाचार दिनहुँजसोे आउँछन् । महिला र अधिकारकर्मी लागिरहेकै छन् । प्रहरीले पनि तदारुकता देखाएको बताइरहेकै छ । तर घटना झनै बढेको देखिन्छ । मध्य तराई र पश्चिमका नवलपरासी, रूपन्देही र कपिलवस्तु क्षेत्र घटना बढेको देखिन्छ ।
प्रहरीको तथ्यांकअनुसार मध्य क्षेत्रमा चालू आर्थिक वर्षको १० महिनामा १ सय ३० बलात्कार भएका छन् । गतवर्ष १ सय २८ घटना भएका थिए । बारामा २ वर्षयता १८ बालिका बलात्कार पीडित भए । रौतहटमा ११ महिनामा ११ बालिका बलात्कारको सिकार भए । पर्सामा चालू आर्थिक वर्षको वैशाखसम्म ६ नाबालिका बलात्कृत भइन् । मकवानपुरमा साउनदेखि वैशाखसम्म ४ देखि १५ वर्षसम्मका १० बालिकालाई बलात्कार गरेको देखिन्छ । गतवर्ष १३ बालिकामाथि बलात्कार भएको थियो । चितवनमा गत वैशाखदेखि चैतसम्म २२ बालिका बलात्कृत भए । नवलपरासीमा यो वर्ष १५ बालिका यौन दुव्र्यवहारमा परिसकेका छन् । रूपन्देहीमा १० महिनामा १७ बालिका बलात्कृत भए ।
कपिलवस्तुमा साउनदेखि जेठ १२ सम्म १४ बालिका यो घटनाका पीडित छन् । उनीहरू ५ देखि १६ वर्षभित्रका हुन् । यो तथ्यांक प्रहरी र अधिकारकर्मी संस्थासम्म आइपुगेका मात्र हुन् । उनीहरूकै दाबीलाई मान्ने हो भने योभन्दा बढी घटना समाजमा दबाइएको छ, जहाँ पीडित बालिकालाई न्याय र अपराधीलाई सजायको कुनै गुञ्जायस छैन । ‘अपराधीको मनोबल बढ्नुमा आर्थिक–सामाजिक पक्ष’ बालिकामाथि हुने यौन दुव्र्यवहारका घटनालाई सामाजिक–आर्थिक व्यवस्थाले बढुवा दिइरहेको छ । बालिका शारीरिकरमानसिक रूपमा कमजोर छन्, प्रतिकार गर्न सक्दैनन् र डरधम्कीलाई चिरेर बाहिर ल्याउन सक्दैनन् भन्ने सोचले बढी काम गरेको देखिन्छ । अपराधीको मनोबल बढ्नुमा अर्थ व्यवस्थाले थोपरेका मूल्यमान्यता पनि कारक छन् । घटनाको विश्लेषण गर्दा अधिकांश पीडितको पारिवारिक अवस्था पीडकको भन्दा आर्थिक रूपमा कमजोर छन् र सामाजिक रूपमा सीमान्तीकृत पनि । धेरै घटना समाजमै इज्जत जाने नाममा वा केही आर्थिक प्रलोभनमा दबाइएको अधिकारकर्मीको भनाइ छ । आजको कान्तिपुरमा खबर छ ।