काठमाडौ, जेठ २१ – नेपाल विद्युत प्राधिकरणले बुधबारदेखि लोडसेडिङ घटाएको छ ।
प्राधिकरणका अनुसार अब हप्तामा साढे ५५ घण्टा लोडसेडिङ हुनेछ । नयाँ तालिका अनुसार अब हप्तामा ३ दिन ८ घन्टा, ३ दिन साढे ७ घन्टा र एक दिन ९ घन्टा बत्ती जानेछ ।
नदीमा जलस्तर बढेको र विद्युत उत्पादन बढ्नुका साथै कुलेखानी जलाशयमा पानीको संचिती पनि बढेकाले लोडसेडिङ घटाउन सकिएको प्राधिकरणले जनाएको छ । वर्षायाम लागेसँगै नदीमा पानीको मात्रा बढेपछि धेरै जलविद्युत आयोजनाबाट हिउँदमा भन्दा विद्युत उत्पादन बढी हुन थालेको छ ।
प्राधिकरणले आजदेखि लागू गरेको लोडसेडिङको तालिका हेर्नुहोस्ः