Headlines News :
fb
Home » » ७० रुपैयाँले लियो ७ जनाको ज्यान

७० रुपैयाँले लियो ७ जनाको ज्यान

जेठ २१ – पैसा त्यस्तो चीज हो जसलाई पाउन मान्छे मरिहत्ते गर्छ । मान्छेले कति पैसाका लागि आफ्नो ज्यान दाउमा राख्न सक्लान् ? हजार, लाख वा करोड ? तर कम्बोडियामा जम्मा ७० रुपैयाँका लागि ७ जनाको ज्यान गएको छ ।
कम्बोडियाको सिम रिप प्रान्तमा एउटा कुवामा खसेको तीन हजार रिल अर्थात ७० रुपैयाँ निकाल्न खोज्दा ७ जनाले ज्यान गुमाउनुपरेको हो । टुई जेन भन्ने व्यक्तिले ५ मिटर गहिरो कुवामा तीन हजार रिल र एउटा लाइटर फालेपछि यो घटना भएको हो ।
त्यो पैसा निकाल्न उनका ११ वर्षका छोराले कुवाँमा हाम फाले र अक्सिजनको अभावमा उनको ज्यान गयोे । यता कुवाबाट निकै बेरसम्म पनि ननिस्किएपछि उनका दुई दिदी पनि भाइलाई बचाउन कुवामा हाफ फाले । त्यसपछि ती दिदीबहिनीलाई बचाउन कुवामा छिरेका एक १२ वर्षका बालक र अरु तीन जनाले पनि फर्केर संसार देख्न पाएनन् ।
कुवाबाट उद्दार गरिएका एक जनाको अवस्था भने गम्भीर रहेको छ । ज्यान गुमाएका बालबालिकाको ठूली दिदीले आफ्नो परिवार निकै गरिब भएको र पैसाको लागि  भाइबहिनीको ज्यान गएको बताइन् । बच्चाहरुले देख्नेगरी पैसा नफालेको भए धेरैले ज्यान गुमाउनु पर्दैनथ्यो भन्दै उनले यो घटनाको दोषी आफ्नै बुबा भएको बताइन् ।
एजेन्सीहरु
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar