Headlines News :
fb
Home » » वामदेवले भने-माधव नेपाललाई उठ्नै नसक्ने गरी पराजित गर्नुपर्छ

वामदेवले भने-माधव नेपाललाई उठ्नै नसक्ने गरी पराजित गर्नुपर्छ

ओलीलाई सर्वसम्मत बनाउन खोज्दा भाँजो हालेको आरोप
२६, जेठ काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीमा सर्वसम्मत नेतृत्व चयन हुन लागेका बेला वरिष्ठ नेता माधवकुमार नेपालले भाँजो हालेको आरोप लगाएका छन् । पार्टी एकतामा भाँजो हालेर लोभीपापी व्यवहार देखाएको भन्दै उनले यसपटक मधव नेपाललाई ऐतिहासिक रुपले पराजित गर्न कार्यकर्तालाई आह्वान गरेका छन् ।

 भृकुटी मण्डपमा आयोजित भेलालाई सम्बोधन गर्दै गौतमले भने-’यसपाली कमरेड माधव नेपाललाई ऐतिहासिक रुपले पराजित गर्नुपर्छ ।’ जनताले मतदान गर्ने चुनावमा पराजित भए पनि माधव नेपाल पार्टीभित्र आजसम्म कहिल्यै पराजित नभएको स्मरण गर्दै गौतमले भने ‘अब उहाँलाई कहिल्यै उठ्न नसक्ने गरी पराजित गर्नुपर्छ, अनिमात्र एमाले एकताबद्ध हुन्छ ।’ कार्यक्रममा महासचिव इश्वर पोखरेलले पनि पार्टीमा सर्वसम्मत नेतृत्व चयन हुने बेलामा माधव नेपालले लोभ देखाएको आरोप लगाए । उनले नेतृत्व हस्तान्तरण र पार्टीको लोकतान्त्रिकरणको प्रक्रियालाई कसैले रोक्न नसक्ने बबताए । 
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar