Headlines News :
fb
Home » » रातारात प्रहरी निरिक्षकको सरुवा

रातारात प्रहरी निरिक्षकको सरुवा

गोरखा- दुर्घटना विषयको विवादले शीर्ष तीन दलका कार्यकर्ताबीच कुटाकुटले दुई दिनयता जिल्ला सदरमुकाम तनावग्रस्त बनेपछि जिल्ला सम्हालेका प्रहरी निरीक्षकको सरुवा भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र पौडेलले तत्काल निर्णय लिन नसक्दा घटनाले उग्र रुप लिएको कांग्रेसको आरोपपछि आइतबार राति नै उनलाई एसएसपी केदारमानसिंह भण्डारीले अञ्चल प्रहरी कार्यालयमा सरुवा गरेका हुन्।
शनिबार रातिदेखि प्रहरी कार्यालय परिसरमै झडप भएपछि विवाद मिलाउन आइतबार बिहानै एसएसपी भण्डारी गोरखा आएका थिए। गोरखाका प्रहरी प्रमुख डीएसपी रमेश थापा यतिबेला उत्तरी गोरखाको भ्रमणमा छन्। निमित्त भएर जिम्मेवारी सम्हालेका निरीक्षक पौडेललाई आइतबार राति नै काज सरुवा गरिएको हो।
अहिले अञ्चल प्रहरी कार्यालयका डीएसपी डिल्लीराज पन्तसहितको टोली गोरखामा खटाएर एसएसपी भण्डारी अञ्चल फर्केका छन्।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar