Headlines News :
fb
Home » » होटलले अब पर्यटक बिवरण बुझाउनुपर्ने

होटलले अब पर्यटक बिवरण बुझाउनुपर्ने

होटलहरुले दैनिक आफ्नो होटलमा बसेका पर्यटकहरुको विवरण बुझाउनुपर्ने भएको छ । पर्यटकमाथि निगरानी गर्न अध्यागमन विभागले यो प्रावधान जेठ मसान्तसम्ममा लागू गर्ने तयारी गरेको समाचार नयाँ पत्रिका दैनिकमा छ ।
अध्यागमन नियमावलीअनुसार नै विभागले नयाँ प्रावधान लागू गर्न लागेको हो । जेठको अन्तिमबाट यो प्रावधान लागू गर्ने तयारी भइरहेको अध्यागमन विभागका महानिर्देशक सरदचन्द्र पौडेलले बताए ।
नयाँ प्रावधानअनुसार होटलहरुले हरेक दिन पर्यटको विवरण अध्यागमन विभागको वेबसाइटमा गएर अपडेट गराउनुपर्ने हुन्छ । रेकर्ड अपडेट गर्न होटललाई कार्ड दिइने र पर्यटक विवरण भने गोप्य रहने महानिर्देशक पौडलले जानकारी दिए ।
अध्यागमनको नयाँ प्रावधानबाट गलत गतिविधिमा लाग्ने पर्यटकलाई सहजै पत्ता लगाएर निगरानी गर्न सकिनेछ ।
यसबाट अवैध गतिविधिको उद्धेश्य राखेर नेपाल आउने पर्यटक निरुत्साहित हुने अध्यागमनका अधिकारीको विश्वास छ । अपराध नियन्त्रणमा पनि सहयोग पुग्ने प्रहरी अधिकारीहरु बताउँछन् ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar