Headlines News :
fb
Home » » अनिवार्य स्वंयसेवा गरेपछि मात्र ट्रान्सक्रिप्ट

अनिवार्य स्वंयसेवा गरेपछि मात्र ट्रान्सक्रिप्ट

उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीले एउटा तह पास गरेर ट्रान्सक्रिप्ट प्राप्त गर्न अनिवार्य रुपमा स्वयंसेवा गर्नुपर्ने भएको छ ।
यो प्रावधान उच्च माध्यमिक तहदेखि विद्यावारिधि सम्मका लागि लागू हुनेछ । शिक्षा मन्त्रालयले गठन गरेको राष्ट्रिय विकासका लागि स्वयंसेवा परिचालन सुझाब समितिले विद्यार्थीले दुई महिनादेखि एक वर्षसम्म अनिवार्य रुपमा स्वयंसेवा गर्नुपर्ने प्रावधानसहितको कार्यविधि मस्यौंदा तयार पारी मन्त्रिपरिषद्मा पठाएको समाचार नयाँ पत्रिका दैनिकमा छ ।
सुरुमा सरकारी तथा नीजि वा अन्य कुनैपनि माध्यमबाट छात्रवृत्ति वा अन्य सहयोग प्राप्त गरी अध्ययन गर्ने विद्यार्थीले राष्ट्रिय शिक्षा स्वयंसेवा पूरा गरेपछि मात्र ट्रान्सक्रिप्ट उपलब्ध गराउने प्रक्रिया सुरु गर्ने र
सबैमा यो व्यवस्था कार्यान्वयन गर्दै जान सिफारिस गरिएको छ । राष्ट्रिय शिक्षा स्वयंसेवा कार्यविधि,०७० को मस्यौंदामा सेवाप्रति सकरात्मक भावनाको विकास गर्न यस्तो व्यवस्था गरिएको शिक्षा मन्त्रालयले जनाएको छ ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar