गुल्मी, जेठ २४ । दलित युवतीसंग छोराले प्रेम विवाह गरेर भागे पछि गुल्मी बडागाउँका एक ग्रैह दलितले छोराको जिउँदै ठाडो कृया गर्न आँटे तर पछि भंङ्ग गरे । बडागाउँ गाविस वडा नम्वर ६ मैदान निवासी १८ वर्षिय आशिष थापाले स्थानिय दलितकी १७ वर्षिया छोरी अमृता ( नाम परिवर्तन ) लाई प्रेम विवाह गरी भगाए पछि उनका बाबु रामबहादुर थापाले आवेशमा केशमुण्डप गरी खाली खुट्टा समेत वसेर छोरो मेरो लागि ज्युँदै म¥यो भन्दै कृया गरे भनेको स्थानियवासीले बताए ।आशिषसंग लामो समय देखि प्रेम सम्वन्ध रहेको , छुट्टिन आशिषले नमाने पनि प्रहरीको सहयोगमा परिवारले जवरजस्ती छुटाएर गायव पारेर आफुलाई अलपत्र पारेको ति युवतीले बताईन् । आशिषलाई उनका परिवारले गायव पारे पछि अमृता शनिवार विहान वेहोस भएकी थिईन् । उनि घर नजाने भन्दै रुँदै तम्घासमा वसेकी छन् । छोराले दलितकी छोरी विहे गरेर हिड्ने तर अहिले उमेरको कारण देखाई अलपत्र पार्न नहुने दलित अधिकारकर्मीहरु बताउ छन् ।
केहि दिन अघि मात्र त्यसै बडागाउँको वडा नम्वर ७ मा व्राम्हण थरकी एक युवती र स्थानिय तुफान सुनार विच भएको प्रेम विवाह सम्वन्ध पनि वाल विवाह कै कारण देखाई अभिभावकले प्रहरीबाट छुटाएर छोरी गायव पारेका छन् । ति व्राम्हण युवतीको पेटमा तिन महिना भन्दा बढि समयको गर्भ समेत रहेको अस्पतालले पुष्टिी गरे पनि उनका आभिभावकले जवरजस्ती बुटुवल तिर लगेर पतन गराई चोख्याउन खोजेको बताईएको छ । दलित र ग्रैह दलितहरु विचको प्रेम विवाह सम्वन्धमा उमेरको कारण देखाई प्रहरीले समेत पुरानै सोंच भएका मानिसहरुको पक्षपोषण गरी रहेको दलित अगुवाहरुको आरोप छ । पेटमा गर्भ रहेकी ति व्राह्ण युवतीलाई दलित युवाबाट छुटाएर परिवारले कस्तो खालको ठुलो जात बनाउन खोजेका हुन ? यस्तो प्रश्न पनि उठाउन थालिएको छ । यस्ता प्रेम विवाह सम्वन्ध छुटाउन प्रहरीले ग्रैह दलितलाई अप्रत्यक्ष रुपमा साथ दिएको देखिन्छ’– दलित साझा मञ्च गुल्मीका अध्यक्ष गणेश विश्वकर्माले भने –‘प्रहरीको यो रवैयाबाट दलितहरु थप पिडित हुँदै गएका छन् ।’ यस सवन्धमा दलिय युवासंग भागेकी ति व्राम्हण पुत्रीका परिवार र दलित युवतीलाई भगाउने थापा पुत्रका अभिभावकलाई पटक पटक सम्पर्क गर्दा पनि फोन उठाईएन् ।
